शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

हुम्लामा निर्वाचन अधिकृतलाई निलम्बन गर्न माग, चुनाव रोक्ने चेतावनी

बुधबार, २८ वैशाख २०७९, ०९ : ०७
बुधबार, २८ वैशाख २०७९

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले हुम्ला जिल्ला अदानचुली गाउँपालिका मा खटिएका निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिता विपरीत काम गरेको आरोप लगाउँदै उनलाई कारबाही गर्न माग गरेको छ । कारबाही नगरिए चुनावसमेत रोक्ने उनीहरुले चेतावनी दिएका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा निर्वाचन अधिकृतले निर्वाचन आचार संहिता विपरीत सर्वदलीय सहमति बिना एकलौटी रूपमा काम गरेको आरोप लगाइएको छ । गाउँपालिमा करार कर्मचारी रूपमा काम गर्ने र उम्मेदवारका घरभित्रकै मान्छेलाई निर्वाचनलाई प्रभावित पार्ने गरी आचारसंहिता विपरीत निर्वाचन कर्मचारीको रूपमा नियुक्ति गरेको उनीहरूको आरोप छ ।

निर्वाचन हुनु अगाडी नै कानुन विपरीत सक्कल मतपत्र एउटा दललाई मात्र वितरण गरेको तथा सर्वदलीय सहमति नहुँदै प्रेसमा सूचना प्रसारण गरेको र निर्वाचन अधिकृत स्वयमले निर्वाचन जस्तो संवेदनशील समयमा पूर्व गाउँपालिका अध्यक्ष र एमालेबाट हाल गाउँपालिका अध्यक्ष उम्मेदवार दल फडेराको घरमा गएर बस्ने र खानपिन गर्ने गरेको उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप