श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश
![श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश](https://rpcdn.ratopati.com/media/albums/shrilanka_hy9gTrDaio.jpg)
श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।
सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन । सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ गर्ने जो कोहीलाई गोली चलाउन आदेश दिएको छ । राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न दशौं हजार सेना, नौसेना र वायु सेनाका कर्मचारीहरू तैनाथ छन् ।
सुरक्षाकर्मीको परिचालनका बाबजुद मंगलबार दिउँसो एउटा भीडले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई सुरक्षा नदिएको आरोप लगाउँदै शहरका एक शीर्ष प्रहरी अधिकारीलाई आक्रमण गरेको थियो । कोलम्बोको गाले फेस ग्रीनमा पनि भीडहरू जम्मा भएका थिए ।
सोमबारदेखि भएको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ । झडपमा दुई सयभन्दा बढी घाइते भएका राजधानीको मुख्य अस्पतालले जनाएको छ । केही सरकार समर्थक भीडले गरेको हमलबाट घाइते भएका छन् भने कोही भीडमाथि प्रहरीले अश्रुग्यास प्रहार गर्दा घाइते भएका छन् ।
प्रधानमन्त्रीका समर्थकविरुद्ध मुद्दा दायर गरिएको प्रदर्शनकारीहरूको पक्षमा काम गरिरहेका वकिलहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाथरस घटना : एफआईआरमा सत्संग गर्ने बाबा नआएको विषयमा योगीले के भने ?
-
माधवलाई अध्यक्ष र रामकुमारी झाँक्रीलाई उपाध्यक्ष बनाउने कसरत
-
साङ्घाई कोअपरेसन सम्मेलन : राष्ट्रपति पुटिन र सीबिच प्रभाव जमाउने होडबाजी
-
सैदी पावर कम्पनीको सेयर जारी गर्न कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त
-
रवि लामिछानेले ब्ल्याकमेलिङको राजनीति गरेको सांसद बस्नेतको आरोप
-
लोसपाले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने