बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

स्याङ्जामा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ४ जना घाइते

बुधबार, २८ वैशाख २०७९, ०८ : ३९
बुधबार, २८ वैशाख २०७९

स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । मंगलबार साँझ झडप हुँदा ४ जना घाइते भएका छन् । स्याङ्जाको हरिनाश गाउँपालिका र आँधिखोला गाउँपालिकामा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले रातोपाटीलाई बताए ।

हरिनाशको चिसापानीमा भएको झडपमा परेर काँग्रेस निकट ३० वर्षीय पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ । आँधिखोलाको सेतीदोभानमा भएको झडपमा दुईजना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप