कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु
बुधबार, २८ वैशाख २०७९, ०८ : ३७
![कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/bike-accident-2-tipper_MF8eO9TcJG.jpg)
काठमाडौँको कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ३ बजेतिर थानकोटबाट स्वयम्भू तर्फ जाँदै गरेको बा.५ख ७३४५ नम्बरको टिप्परसँग सोही दिशामा जाँदै गरेको बा.८० प ६३७३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका दिवाकर अधिकारीको मृत्यु भएको छ । टिप्पर चालक धादिङको थाक्रे–१० घर भएका लिलाबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ । बायाँ दिशाबाट ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई टिप्परको पछाडिको चक्काले ठक्कर दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ
-
अल्पसङ्ख्यकहरूको अधिकारमा नेपाल विश्वकै उदाहरणीय : परराष्ट्रमन्त्री