मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा एमालेका उम्मेदवारमाथि आक्रमण

बुधबार, २८ वैशाख २०७९, ०७ : ४७
बुधबार, २८ वैशाख २०७९

दार्चुलाको दुहु गाउँपालिकामा एमालेका उम्मेदवारमाथि आक्रमण भएको छ । नेकपा एमालेबाट दुहु गाउँपालिका–५ मा वडाध्यक्षको चुनाव लडेका मानसिंह बडालमाथि आक्रमण भएको दार्चुलाका डिएसपी प्रतीक विष्टले रातोपाटीलाई बताए ।  

बडाललाई उपचारका लागी धनगढीमा पठाइएको छ । उनको अनुहारमा चोट लागेको छ । मंगलबार साँझ सत्ता गठबन्धनका कार्यकर्ताका ७–८ जनाले उनलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्नहरुबारे अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए । 

यसअघि असावधानीवश पार्टीको चुनाव चिह्न प्रयोग भएकाले क्षमायाचनासहित सच्याइएको छः सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप