आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्लेअफमा पुग्ने पहिलो टोली बन्यो गुजरात टाइटन्स

बुधबार, २८ वैशाख २०७९, ०६ : ४८
बुधबार, २८ वैशाख २०७९

आइपिएलका शीर्ष दुई टोलीबीचको खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले पराजित गर्दै आफ्नो वर्चस्व प्रमाणित गरेको छ ।

पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले लो-स्कोरिङ पिचमा चार विकेट गुमाएर १४४ रन बनाएको थियो । टोलीका लागि ओपनर शुभमन गिलले अविजित ६३ रन बनाए ।  ४९ बलको आफ्नो पारीमा उनले सात चौका प्रहार गरे । उनी बाहेक डेभिड मिलरले २६ रन बनाए भने राहुल टियोटियाले १६ बलमा अविजित २२ रन बनाए । कप्तान हार्दिक पाण्डेले मात्र ११ रन बनाउन सके ।

लखनउका लागि मोहसिन खानले चार ओभरमा १८ रन दिएर एक विकेट लिए । जवाफमा लखनउ सुपर जायन्ट्सको टोली सुरुदेखि नै टिक्न सकेन । क्विन्टन डी कक, दीपक हुड्डा र आवेश खान बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पूरै टोली १३.५ ओभरमा ८२ रनमा अलआउट भयो। कप्तान लोकेश राहुलले मात्र आठ रन बनाउन सके ।

गुजरात टाइटन्सका लागि राशिद खानले ३.५ ओभरमा २४ रन दिएर चार विकेट लिए । यो जितसँगै टोली यस सिजन प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप