लूनकरणदास–गङ्गादेवी चौधरी पुरस्कार प्रदान
मङ्गलबार, २७ वैशाख २०७९, २२ : ३८
साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पु¥याउँदै आएका तीनजनालाई लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कृत गरिएको छ ।
प्राज्ञ एवं साहित्यकार उषा ठाकुरले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पु¥याउँदै आएका प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान गरेका न्हुच्छेबहादुर डङ्गोललाई नारायण गोपाल सङ्गीत सम्मान प्रदान गरे ।
उनीहरू तीनैजनालाई जनही एक लाख ५१ हजार राशिको पुरस्कार साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
-
च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण