लूनकरणदास–गङ्गादेवी चौधरी पुरस्कार प्रदान
मङ्गलबार, २७ वैशाख २०७९, २२ : ३८

साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पु¥याउँदै आएका तीनजनालाई लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कृत गरिएको छ ।
प्राज्ञ एवं साहित्यकार उषा ठाकुरले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पु¥याउँदै आएका प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान गरेका न्हुच्छेबहादुर डङ्गोललाई नारायण गोपाल सङ्गीत सम्मान प्रदान गरे ।
उनीहरू तीनैजनालाई जनही एक लाख ५१ हजार राशिको पुरस्कार साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त
-
१० बजे १० समाचार : आन्दोलनअघि ज्ञानेन्द्रको ‘मिटिङ’देखि स्वार्थको खेलमा मुख्यसचिवसम्म