कङ्गो द्वन्द्व : आक्रमणमा १४ सर्वसाधारण मारिए
द्वन्द्वग्रस्त पूर्वी डिआर कङ्गोको इटुरी प्रान्तमा विस्थापित व्यक्तिको शिविरमा भएको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको अनुगमन समूहले मङ्गलबार जनाएको छ। कोडेक नामक जातीय सशस्त्र समूहका लडाकुहरू आक्रमणमा संलग्न भएको आशङ्का गरिएको हो।
कोडेक कङ्गोको विकासको लागि शहकारीको नाम-लेन्डु जातीय समूहको हितको प्रतिनिधित्व गर्ने दाबी गर्ने राजनीतिक-धार्मिक गुट हो। इटुरीमा थुप्रै जातीय नरसंहारका लागि दोषी ठहरिएको यो समूह देशको पूर्वमा सक्रिय रहेको यो सबैभन्दा घातक मिलिशिया मध्ये एक मानिन्छ।
यस क्षेत्रका नागरिक समाज समूहहरूको संघका अध्यक्ष जुलेस सुबाले सोमबारको आक्रमणमा मारिने अधिकांश बालबालिका रहेको र मृत्यु हुनेको संख्या अस्थायी भएको बताएका छन्। एएफपीले उल्लैक गरेका तस्विरहरूमा रगतले लतपतिएका बच्चाहरू जमिनमा खेलिरहेको देखाइएको छ। इटुरी र छिमेकी उत्तर किभु प्रान्तमा गत वर्षको मे महिनादेखि सुरक्षा बलहरूले आक्रमण रोक्नको लागि प्रयासरत छन् तर नरसंहार जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल