बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन अध्यक्ष प्रचण्डको आग्रह

मङ्गलबार, २७ वैशाख २०७९, २१ : ५०
मङ्गलबार, २७ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । मौन अवधिको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले  भिडियो सन्देशमार्फत शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।

संविधान जारी पछि नेपालमा दोस्रो स्थानीय तहको निर्वाचन हुन गइरहेको बताउँदै उनले परिवर्तनका,  संविधान, गणतन्त्र र संघीयताका पक्षधरलाई विजय गराउन समेत अपिल गरे । संविधानसभाबाट संघीय लोकतान्त्रिक, गणतन्त्र, समावेशी र समानुपातिक प्रणाली स्थापित गर्नको लागि माओवादी केन्द्रले संघर्ष र बलिदान गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप