आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधि बनेर काम गर्न नसक्नेको विकल्प खोज्नुपर्छ : नेता पौडेल

मङ्गलबार, २७ वैशाख २०७९, २१ : ३३
मङ्गलबार, २७ वैशाख २०७९

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनप्रतिनिधि बनेर काम गर्न नसक्नेहरुका लागि विकल्प खोज्नुपर्ने बताएका छन् । काँग्रेस तारकेश्वर नगर कार्यसमितिले मंगलबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षसम्म जनप्रतिनिधि बनेर विकास र जनताको काम गर्न नसक्नेहरुका लागि विकल्प खोज्नुपर्ने बेला आएको बताएका हुन् ।

“झन्डै दुई तिहाइ मत पाएको नेकपा सरकारले विकास निर्माणका काम गर्नुपर्नेमा दुई/दुईपटक संसद् विघटन ग¥यो, जनमत पाएर पनि काम गर्न नसक्नेलाई जनताले फेरि कसरी विश्वास गर्ने रु यसपटक अरूलाई मौका दिनुपर्छ”, उनले भने ।

काँग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रदेशसभा तथा प्रतिनिधिसभाको आगामी निर्वाचनमा समेत स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका रहने भएकाले स्थानीय निर्वाचनमा काँग्रेस र पाँच दलीय गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताए । काँग्रेस तारकेश्वर नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णहरि महर्जनले समृद्ध तारकेश्वर निर्माणका लागि आफ्नो उम्मेदवारी भएको बताए । सुशासनयुक्त तारकेश्वर, भ्रष्टाचारमुक्त तारकेश्वर निर्माण आफ्नो मुख्य योजना भएको उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप