शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

दुई दिन काठमाडौँ र भक्तपुरका प्रशासनिक सेवा प्रभावित हुने

मङ्गलबार, २७ वैशाख २०७९, २१ : १४
मङ्गलबार, २७ वैशाख २०७९

जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले यही वैशाख २८ र २९ गते कार्यालयको सेवा प्रभावित हुने जनाएको छ ।  

‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ । यही वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप