बैकिङ कसुरमा फरार महिला पक्राउ, कैद भुक्तान गर्न जेल चलान

बैकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङलाई लुकीछिपी बसेको सूचनाको आधारमा २४ वैशाखमा काठमाडाैं बालाजुबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी गुरुङलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र तीन लाख ९४ हजार जरिवाना तोकेको थियो । तर, गुरुङले जरिवाना बापतको रकम दाखिला गर्न नसकेको हुँदा जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी सम्मानित अदालतको आदेशले निजलाई तीन वर्ष ६ महिना २१ दिन कैदमा राख्ने गरी मंगलबार लमजुङ जिल्ला अदालतबाट कैद भुक्तान गर्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उच्च अदालत पाटनले ८ वैशाख ०७८ र २३ फागुन ०७८ मा फैसला गरेदेखि गुरुङ फरार थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ दिनमा 'जनै हराएको बाहुन'को इन्डक्ल्याप
-
मेक्सिकोमा मेयरको उम्मेदवारसहित चार जनाको गोली हानी हत्या
-
भारतले गरेको आक्रमणमा ११ सेना, ४० सर्वसाधारणको मृत्यु भयो : पाकिस्तान
-
सरकार ढल्छ भन्नु दिवास्वप्न मात्रै : जुली महतो
-
युद्धविराम पछि सामान्य बन्दै श्रीनगरको अवस्था, खोलिए विद्यालयहरू
-
खलिदा जिया फर्किएपछि कस्तो छ बंगलादेशको हालत ?