मौन अवधिमा झन् गम्भीर बन्न काउन्सिलको अपिल
प्रेस काउन्सिल नेपालले मौन अवधिमा झन् गम्भीर बन्न आम सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तामा अपिल गरेको छ । पटक–पटक आग्रह गर्दा पनि पत्रकारिताजगत् आचारसंहितातर्फ गम्भीर भएको नपाइएको भन्दै आज राति १२ बजेदेखि मौन अवधि हुने भएकाले यो अवधिमा अझ गम्भीर बन्न काउन्सिलले सुझाएको हो ।
मौन अवधि झन् संवेदनशील हुने र यस अवधिमा सम्प्रेषित समाचार र समाचार–सामग्रीका कारण मतदाता प्रभावित हुन सक्ने अवस्था रहने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी कुनै पनि विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार–प्रसारका सामग्री पोष्ट वा शेयर नगर्न, लाइक, कमेन्ट, प्रतिकमेन्ट गर्न, समाचार प्रकाशन वा प्रसारण नगर्न, राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन, टक सो, टिप्पणी, विश्लेषण प्रश्नोत्तर जस्ता कार्यक्रम नगर्न’ उक्त विज्ञप्तिमार्फत सजग गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण