कमल थापाले भने– स्थानीय चुनावमा राप्रपा नेपालको ठूलो अपेक्षा छैन
राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको ठुलो महत्वाकांक्षा वा अपेक्षा नभएको बताएका छन् । मंगलबार एक अपिल जारी गर्दै उनले गत फागुन ७ गतेमात्र राप्रपा नेपाल पुनर्जागृत भएको र प्रत्येक पालिकामा पार्टी संगठन निर्माण भइनसकेको तथा चुनावको तयारीको निम्ति समयको अभाव भएको हुँदा स्थानीय चुनावमा राप्रपा नेपालको ठूलो महत्वाकांक्षा वा अपेक्षा नरहेको प्रस्ट पारेका हुन् ।
‘हामीले संविधान प्रति सहकार्य गर्ने नीति अनुरुप चुनावमा हाम्रो प्रतीकात्मक उपस्थिति रहेको तथ्यप्रति म यहाँहरुलाई अनुरोध गर्दछु,’ अपीलमा उनले भनेका छन् ।
स्थानीय तहको चुनावमा राप्रपा नेपाल र नेकपा एमालेका बीचमा केही पालिकामा सामान्य तालमेल भएको जिकिर गर्दै उनले अन्य केही पालिकामा स्वःस्फूर्तरुपमा राप्रपा नेपालका उमेदवारहरू रहेको पनि उनले जनाएका छन् । ‘यो चुनावमा सामान्य भए पनि हाम्रो सहभागिता प्रजातन्त्र, जनसर्वोच्चता र स्थानीय स्वायत्त शासन प्रणालीप्रतिको राप्रपा नेपालको प्रतिवद्धताको द्योतक हो । राप्रपा नेपाल समयानुकूल नयाँ नीति र नवीन शैलीमा अघि बढ्नेछ,’ थापाले भनेका छन् ।
लोकतन्त्र, राष्ट्रियता र हिन्दुराष्ट्रको मान्यतामा आधारित ‘सम्वर्द्धधनवाद’को धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्ने राप्रपा नेपालको लक्ष्य रहेको पनि उनले प्रस्ट पारेका छन् । स्थानीय चुनाव सकिएलगत्तै राप्रपा नेपाल देशव्यापी रुपमा संगठन निर्माण र जनजागरणको महाअभियान लिएर जनताका माझमा जाने उल्लेख गर्दै थापाले २०७९ सालभित्रै संसदका लागि हुने आम चुनावबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गर्ने दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख