स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित : गठबन्धन
सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित रहेको बताएको छ । मौन अवधि सुरु हुने केही घण्टाअघि एक अपील जारी गर्दै गठबन्धनले दुई दुईपटक संसद विघटन भएपछिको असहज परिस्थितिमा ‘संकिर्ण र निषेध’ को राजनीतिकाविरुद्ध ‘सहमति र सहकार्य’ को जगमा अहिलेको सरकार गठन निर्माण भएको उल्लेख छ ।
गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र राष्ट्रिय जनमोर्चाको तर्फबाट जारी वक्तव्यमा राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनु पर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको उल्लेख गरिएको छ ।
प्रतिगमनविरुद्धको संघर्षको परिणाम नै मुलुकको राजनीतिले निकास पाएको ध्रुव सत्य भएको उल्लेख गर्दै गठबन्धनले भनेको छ, ‘असंवैधानिक रुपमा संसद विघटन गरिएपछि संघीय लोकतान्त्रिक गणतन्त्र, शक्ति पृथकीकरण, संविधानवादका मूल्य, मान्यता, मुलुकको स्वाभिमान र सुरक्षा जस्ता बिषयमा अनेक प्रश्न खडा भए । कोरोना महाव्याधिका कारण मुलुक यसै पनि मानवीय संकटको अवस्थामा थियो । पटकपटक संसद विघटनपछि दशकौं लडेर ल्याएको लोकतन्त्र संकटमा परी प्रतिगमनले फेरि टाउको उठाउने खतरा थियो । यी सबै परिस्थितिलाई सम्हालेर अघि बढ्नुपर्ने आवश्यकता गठबन्धन सरकारको थियो । स्थानीय निर्वाचन संघारमा आइसकेको अवस्थामा अब यो ऐतिहासिक अभिभारालाई पूरा गरी चुनौतीलाई अवसरमा बदल्ने दायित्व आम मतदाताहरूको काँधमा आएको छ ।’
विज्ञप्तिमा जनताले दिएको जिम्मेवारीलाई अवसरका रुपमा लिँदै मुलुकको वृहत्तर हितका खातिर जनभावना अनुरुप नेतृत्वदायी भूमिका निर्वाह गर्न लागि पर्ने प्रण समेत गरिएको छ । स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने दाबी सहित गठबन्धनले भनेको छ, ‘अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो । गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ । यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरूले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं ।’
गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएको उल्लेखसहित विज्ञप्तिमा विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आंकलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय