बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बुटवलमा डिशहोम फाईवरनेटको सोरुम

मङ्गलबार, २७ वैशाख २०७९, १९ : ४५
मङ्गलबार, २७ वैशाख २०७९

डिशहोम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो ।

डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुवेदी र सेल्स अफिसर बिनोद सुवेदी र नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार  सेनको उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुवेदीले रिवन काटेर शोरुमको समुदघाटन गरे ।  

कार्यक्रममा बोल्दै सेल्स म्यानेजर सुवेदीले ६ महिनाको छोटो अवधिमा नै यस क्षेत्रमा डिशहोमको फाइबर नेट प्रयोगकर्ता ८ हजार भन्दा बढी सन्तुष्ट ग्राहक रहेको र डिशहोम फाइबर नेटप्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताए  ।

धेरै ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायसका सञ्चालक बिबेक गुप्ताले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप