आयोगले च्याप्प समातेर ढ्याप्प उम्मेदवार हुनु भएन भनेर कारबाही गर्दैन : प्रमुख निर्वाचन आयुक्त
मङ्गलबार, २७ वैशाख २०७९, १८ : ३१

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिता उलंघन गर्नेलाई आयोगले एकै पटक कडा कारबाही नगर्ने बताएका छन् । मंगलबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले कडा एक्सनमा जाँदा अनेक कानुनी झमेला हुने भएकाले सुरुमा सचेत गराउने, स्पष्टीकरण सोध्ने जस्ता कार्य गर्ने र सोही अनुसार गर्दै आएको बताए ।
‘ठ्याक्कै कहीँ कसैले चाहिँ झण्डा अनि चिह्नको अली बढी प्रयोग गरेको रहेछ भने च्याप्प समातेर ढ्याप्प उम्मेदवार हुनु भएन भनि हाल्नेगरी गर्न हुँदैन’, उनले भने, ‘किनभने हामीले गरेको निर्णय उपर अदालतमा प्रश्न उठ्छ । अदालतमा प्रश्न उठ्दा पनि हामीले जित्नुपर्छ । कारबाहीलाई सोचविचारका साथ गर्नुपर्ने अवस्था हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक