शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शनिबार र आइतबारलगत्तै सार्वजनिक बिदा परेपनि स्वास्थ्य संस्थाहरु बन्द नहुने

मङ्गलबार, २७ वैशाख २०७९, १७ : ४२
मङ्गलबार, २७ वैशाख २०७९

सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार शनिबार र आइतबार लगातार बिदापछि पनि अर्को सार्वजनिक सार्वजनिक बिदा परेको खण्डमा सो दिन स्वास्थ्य संस्था तथा अस्पतालहरू बन्द नरहने उल्लेख गरिएको छ । 

सरकारले परीक्षणका रुपमा वि.स २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ५:३० बजेसम्म निर्धारण गर्ने उल्लेख गरिएको छ ।

 यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म कार्यालयको समय रहने उल्लेख गरिएको छ । यस्तै २०७९ सालको लागि निर्धारण गरिएको दशै र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन,प्रहरी, विद्युत खानेपानी अध्यागमन, वारुयन्त्र, टक्सार, जिल्ला प्रशासन, बैकिङ्क सेवा,आन्तरिक राजश्व, मालपोत लगाएका तेस्रो दिनदेखि गृह मन्त्रालयले विदा निर्धारण गरेअनुसार सेवा प्रवाहको व्यवस्था गर्नुपर्ने  भएको छ ।

 यस्तै, सार्वजनिक विदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा विदा दिने गरी सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप