बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका पुन्य गौतम एमाले प्रवेश

मङ्गलबार, २७ वैशाख २०७९, १७ : २५
मङ्गलबार, २७ वैशाख २०७९

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुन्य गौतम एमाले प्रवेश गरेका छन् । एमालेले मंगलबार काठमाडौमा गरेको चुनावी सभामा युट्वमार्फत चर्चामा आइरहने गौतम एमाले प्रवेश गरेका हुन् ।

त्यसक्रममा साहित्यकार चन्द्रमणी भट्टराई केही खेलाडी पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा गौतमले कविता वाचन गरेका थिए । त्यसक्रममा उनले ओलीलाई भ्लादिमिर पुटिन र सीजीनपिङसँग तुलना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप