सकियो ‘पल्पसा क्याफे’ को मञ्चन
नाटक ‘पल्पसा क्याफे’ को मञ्चन सकिएको छ । थापागाउँस्थित मण्डला थिएटरमा ९ वैशाखबाट मञ्चन सुरु भएको नाटक सोमबारबदेखि सकिएको हो । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटकले ५ हजार बढी दर्शक पाएको कलाकार विजय बरालले जानकारी दिए । ‘यस पटक नाटकको हरेक शो हाउसफूल रह्यो,’ बरालले भने, ‘यसले हामी नाट्यकर्मीमा हौसला थपेको छ ।’
कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन मञ्चन स्थगित भएको नाटक थिएटर भिलेजको प्रस्तुतिमा विमल सुवेदीले निर्देशन गरेका हुन् ।
विमल सुवेदी, अभिनेत्री सृिष्ट श्रेष्ठ, दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतका कलाकारको नाटकमा अभिनय थियो ।
१० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यास ‘पल्पसा क्याफे’मा तत्कालीन परिवर्तनशील समाजको कथा चित्रण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप