
थ्रीजी र एमक्यु हुनसक्छ : श्रेष्ठ

नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले चुनाव हार्न लागेपछि काँग्रेसले थ्रीजी र एमक्यु प्रयोग गर्नसक्ने भएकाले त्यसतर्फ एमाले सचेत रहेको बताएका छन् । बुधबार काठमाडौंमा भएको अन्तिम चुनावी सभामा बोल्दै नेता श्रेष्ठले काँग्रेस विसर्जनतिर गएपछि थ्रीजी र एमक्युको बाटोमा लागेको आरोप लगाए ।
‘काँग्रेस थ्रीजी । गन, गुण्डा र गोली लिएर आउने प्रयास गरेको छ । यदि काँग्रेसको थ्री जी लिएर आउने सोच हो भने हामी सचेत छौ’, उनले एमक्युको प्रसंग पनि सुनाए । ‘एमक्यु, म्यान, मनी र मसल प्रस्तुत हुन थालेको छ’, यो प्रयोग गरेर चुनाव जित्ने सपना नदेख्न आग्रह गरे । उनले केहीे-केही ठाउमा काँग्रेसबाट प्रशिक्षित मान्छेहरूबाट छड,रड,छुरा र भालाले एमालेमाथि आक्रमण गरिरहेको भन्दै एमाले जित्ने पार्टी भएकाले धैर्यता नटुटाउने बताए ।
‘हामीमा संयमता छ । आवेग र उत्तेजनामा आउँदैनौ । तर आवेगमा ल्याएर स्वार्थसिद्ध गर्न हामीलाई आक्रमण हुन थालेको छ’, श्रेष्ठले काँग्रेसलाई स्वस्थ प्रतिस्पर्धामा आउने आट गर्न आग्रह गरे । उनले काँग्रेसले काठमाडाैंमा हारको महशुस गरिसकेको दावी पनि गरे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ