शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तरिक्षबाट पहिलो पटक देखियो गाईबाट निस्किएको मिथेन ग्यास

मङ्गलबार, २७ वैशाख २०७९, १७ : ०७
मङ्गलबार, २७ वैशाख २०७९

अन्तरिक्षबाट पहिलो पटक क्यालिफोर्नियामा एउटा खेतबाट मिथेन उत्सर्जनको पत्ता लगाइएको छ । यो स्थानमा गाई चर्ने गर्छन् । नासाले निकै अघि आफ्नो रिपोर्टमा गाईको डकारबाट मिथेन उत्सर्जित हुने बताएको छ । तर जनावरको बथानबाट ग्यासको उत्सर्जन भएको अन्तरिक्षबाट पहिलो पटक देखिएको हो ।

इन्भारोन्मेन्टल डाटा फर्म GHGSat  ले हालै आफ्नो अन्तरिक्षबाट पाएको डाटा विश्लेषण गरेको हो । उनीहरुले फेब्रुअरीमा क्यालिफोर्नियाको बेकर्सफिल्ड नजिकै कृषि जोक्विन भ्यालीमा एउटा खेतबाट मिथेनको स्रोत पत्ता लाग्यो ।

GHGSat का अनुसार यो अचम्मको मामिला हो किनभने कृषि मिथेन उत्सर्जनको पत्ता लगाउन निकै मुश्किल हुन्छ । GHGSat को भनाई अनुसार एउटा खेतबाट जति मिथेनको पत्ता लागेको छ, यदि यो जारी रह्यो भने यहाँबाट एक वर्षमा ५,११६ टन मिथेन उत्सर्जन हुनेछ । यदि यो मिथेन ग्यासलाई जम्मा गरियो भने १५ हजारभन्दा बढी घरमा बिजुली प्रदान गर्न सकिन्छ ।

मिथेन एउटा ग्रिनहाउस ग्यास हो र यसलाई धर्तीको वातावरणका लागि सबैभन्दा खतरनाक ग्यास मानिएको छ । गाई, भेडा र बाख्राजस्ता घर पालुवा जनावरबाट ९ करोड टन मिथेन उत्सर्जित हुन्छ । मिथेन ग्यास निस्कनु यी जनावरको पाचन प्रक्रियाको हिस्सा हो । यी जनावरले जब डकार्छन् तब मिथेन ग्यास उत्सर्जित हुन्छन् ।

पर्यावरण संरक्षण एजेन्सीका अनुसार अमेरिकामा ग्रीनहाउस ग्यासको उत्सर्जनको ९.६ प्रतिशत कृषिबाट आउँछ । साथै, ३६ प्रतिशत मिथेन उत्सर्जन, धेरैजसो जनावरबाट हुन्छ ।

तेल र ग्यासको स्रोतबाट मिथेन उत्सर्जनलाई कम गर्नका लागि इपीएले केही नियम बनाए । नियमका अनुसार कम्पनीले मिथेन लिकबारे पत्ता लगाउने र त्यसको मर्मत गर्न जरुरी छ । कृषि विभागले पनि किसानका लागि मिथेन उत्सर्जनको विषयमा थुप्रै कार्यक्रम सुरु गरेका छन् ।

अघिल्लो वर्षको जलवायु वार्तामा सयभन्दा बढी देशले मिथेन उत्सर्जनमा ३० प्रतिशतको कटौती र वनको कटान रोक्ने बचन दिइएको थियो । संयुक्त राष्ट्रको खाद्य एजेन्सीका अनुसार मानव निर्मित मिथेन उत्सर्जनमा पशुको योगदान ४४ प्रतिशत छ ।

जनावरबाट मिथेन उत्सर्जनलाई कम गर्ने थुप्रै तरिकामाथि परीक्षण गरिएको छ । यसमा जनावरको खानामा समुद्री लेऊ पनि समावेश गरेर हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप