शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा 'नेपाल पे क्यूआर' एकीकृत

मङ्गलबार, २७ वैशाख २०७९, १६ : ५१
मङ्गलबार, २७ वैशाख २०७९

एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा 'नेपालपे क्यूआर' लाई एकीकृत गरेको छ । जसले गर्दा यसका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध 'नेपालपे क्यूआर' मार्फत भुक्तानीहरू गर्न सक्नेछन् । एभरेष्ट बैंकले 'नेपालपे क्यूआर'  को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ।

एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौं ग्राहकहरू आवद्ध  छन् । हाल बैंकले आफ्ना ११५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १५० एटिएम तथा  अरु नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र दक्ष बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप