एमाले र काँग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान, गाडीको सिसा फुट्यो
तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो ।
दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको थियो । काँग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग२च १८०५ नम्बरको कारमा क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार विकले बताए । उनका अनुसार गाडीको सिसा फुटेको छ । घिरिङ गाउँपालिका- ५ मा चुनावी र्यालीमा सहभागी हुन पुगेका बालक नदीमा डुबेर बेपत्ता भएको विषयमा विवाद हुँदा सामान्य झडप भएको हो । सोमबार काँग्रेसको चुनावी र्यालीमा सहभागी हुन पुट्टार पुगेका घिरिङ-५ का १२ वर्षीय ईश्वर विक कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।
आफ्नै हजुरआमा निरमाया विक दलित महिला सदस्यको उम्मेदवार भएपछि उनी र्यालीमा सहभागी भएको काँग्रेस घिरिङ गाउँपालिकाका सभापति यामबहादुर थापाले बताए । उनले सोमबारको बृहत् चुनावी सभामा सहभागी नभएको तर केही दिनदेखि पुट्टार आफन्तकोमा रहेका उनी र्‍यालीसहित पुगेका आफन्तसँग घर फर्किएको दाबी गरे । बेपत्ता विकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता विकको स्थानीय र प्रहरीको सक्रियतामा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म