लगातार तेस्रो दिन पनि नेप्सेमा सुधार, ४४ अंकले बढेको बजारमा एक अर्बको कारोबार

साताको तेस्रो दिन पनि नेप्से सूचकमा ४४ अंकको सुधार आएको छ । आइतबार र सोमबार करिब २९ अंकले बढेको नेप्सेमा मंगलबार थप ४४.१६ अंकले बढ्दै २३ सय १३ विन्दुमा उक्लिएको हो । यस दिन सबै उपसूचकहरु धनात्मक भएर सेयर बजार नै हरियाली बन्न पुगेको छ । तर आकर्षक रुपमा बढिरहेको बजारमा कारोबार रकम भने आजपनि बढ्न सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ४४ अंकमाथिले नेप्से सूचक बढेको यस दिन जम्मा एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँको मात्र कारोबार भएको छ । यस दिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ (व्यापार) समूहको उपसूचक जम्मा ०.७ प्रतिशतले मात्र बढेको छ ।
आज न्यादी ग्रुप पावर लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड र जाल्पा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआईबीएल संवृद्धि फन्ड–२ को सेयर मूल्यमा ४.८२ प्रतिशतको गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटबारे उपप्रधानमन्त्री सिंहले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल
-
डाइटिङका कारण केरलामा एक युवतीको मृत्यु
-
सत्तापक्षका सांसदको प्रश्न : विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ?
-
सुर्खेतमा राप्रपाकाे शक्ति प्रदर्शन (तस्बिरहरू)
-
मधेसका गृहमन्त्री लेखीका अंगरक्षकको मृत्यु
-
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुट्दैछौँ भन्छ : मनिष झा