९ महिनामा १ करोड २८ लाखको युरिन ब्याग आयात
मङ्गलबार, २७ वैशाख २०७९, १५ : ४०
चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा विदेशबाट १ करोड २८ लाख रुपैयाँको युरिन ब्याग आयात भएको छ । भन्सार विभागले साउनदेखि चैत महिनासम्ममा ४ लाख ६० हजार वटा युरिन ब्याग भित्रिएको जनाएको हो ।
१ करोड २८ लाख रुपैयाँ बराबरको साढे ४ लाख युरिन ब्याग आयात गर्ने क्रममा २५ लाख ६७ हजार रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । यस अवधिमा नेपालमा भित्रिएका सबै युरिन ब्याग भारतबाट आयात भएको विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको अवधिमा विदेशबाट जम्मा १ करोड १९ लाख ७७ हजार रुपैयाँको युरिन ब्याग आयात भएको थियो । उक्त अवधिमा ४८ लाख ५७ हजार वटा ब्याग भित्रिएको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरा भूकम्प अपडेट : रास्कोटमा चर्किए घर
-
एकीकृत समाजवादीको कोशी इन्चार्जमा राई, सहइन्चार्ज ९ जना
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालयमा २४ जना, को–को समेटिए ? (सूचीसहित)
-
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
-
राहदानी बनाउन माल्टाबाट छ सय ५० को आवेदन, एक करोड बढी राजस्व सङ्कलन
-
एकीकृत समाजवादीका सबै नेताको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ? (पूर्णपाठसहित)