शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘मभित्रको म’ विमोचन

मङ्गलबार, २७ वैशाख २०७९, १५ : १०
मङ्गलबार, २७ वैशाख २०७९

कवि तारा अधिकारीको मभित्रको म कविता सङ्ग्रहको विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले काठमाडौँको थापागाउँस्थित एक सभाहलमा कार्यक्रको आयोजना गरी उक्त कृति सार्वजनिक गरेको हो । 
डा. विष्णुविभु घिमिरेको प्रमुख अतिथ्यमा आयोजित सो कार्यक्रमा कृतिबारे प्राडा. खगेन्द्र लुइँटेल तथा रेणुका सोलु, ऋषदेवले समालोचनात्मक टिप्पणी गरेका थिए भने ई. सन्तोष पोखरेलले सो कृतिको कविता वाचन गरेका थिए । 
कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल तथा बोर्ड अफ ट्रस्टिका उपाध्यक्ष पदम विश्वकर्माका शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

सन्ध्या पहाडीको अध्यक्षमा सम्पन्न सो कार्यक्रमा साहित्यकारहरू युवराज नयाँघरे, राधेश्याम लेकाली, गोविन्द गिरी प्रेरणा, मधु पाठक, सुषमा आचार्य, आँचल शर्मा, दीपा राई, प्रगति राई, सुमन वर्षा, गीता कार्की, दीक्षा भण्डारी, भवानी भट्ट, नारायण होमगाईं, उपमा आचार्य, भुवन सिवाकोटी आदि साहित्यकारहरुको उपस्थिति थियोे ।

अमेरिकाको कोलोराडो सहरमा बसेर साहित्य सिर्जना गर्दै आएकी अधिकारीको मभित्रको म कविता सङ्ग्रहमा ४९ वटा कविता सङ्कलित छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप