बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

मङ्गलबार, २७ वैशाख २०७९, १४ : १३
मङ्गलबार, २७ वैशाख २०७९

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट सोमबार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप