शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा २० केजी अफिमसहित दुई जना पक्राउ

मङ्गलबार, २७ वैशाख २०७९, १४ : १०
मङ्गलबार, २७ वैशाख २०७९

धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् । 

किरानचोकबाट आदमघाटतर्फ आँउदै गरेको बा.८५ प ३७७० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप