मृत फेला परेकी खेलाडी चाैधरीको शव नेपालगञ्ज लगिने
भारोत्तोलनतर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ । सन्जुको शव गृहनगर पठाउने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस)ले जानकारी दिए ।
त्यसअघि घरेलु भूमिमा भएको १३औं सागमा भारोत्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सन्जुको शव राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषद्‌मा राखिने श्रेष्ठले बताए । ‘केही समय हामीले राखेपमा सानो कार्यक्रम राखेका छौं । लगत्तै शवलाई अन्तिम संस्कारका लागि नेपालगञ्ज पठाउँछौं,’ श्रेष्ठले भने ।
अहिले सन्जुको शव पाटन अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । यसअघि मंगलबार बिहान ललितपुरस्थित लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा सन्जु मृत अवस्थामा भेटिएकी थिइन् ।
अघिल्लो रात प्रशिक्षक महर्जनको घरमा पार्टी गरेर साथीहरूसँग रमाएकी सन्जु बिहान एक्कासि कोठामा झुण्डिएको अवस्थामा भेटिएकी श्रेष्ठले बताए । सन्जु सागमा भारोत्तोलनतर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी हुन् । २३ वर्षीय सन्जु हाल चीनमा हुने १९औं एसियाली खेलकुदको तयारीमा थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरातलाई ४ विकेटले पराजित गर्दै बैंग्लुरु सातौँ स्थानमा
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
-
निःसन्तान दम्पतीले कस्तो अवस्थामा गर्ने आइभीएफ र आइयुआई ?
-
काठमाडौँका यी स्थानहरूमा आजदेखि विद्युत् सेवा प्रभावित हुने
-
जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना