बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मतगणनास्थलमा सीसीटीभी जडान सम्पन्न

मङ्गलबार, २७ वैशाख २०७९, १३ : १७
मङ्गलबार, २७ वैशाख २०७९

स्थानीय तहको निर्वाचनको मतगणनाका लागि रसुवामा सीसीटीभी जडान गरिएको छ । जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सीसीटीभी जडान गरिएको हो । निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सीसीटीभी जडान गरेकाे मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।

गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने भएको छ भने अन्य चार वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ । जिल्लामा पाँच वटा गाउँपालिका छन् । जसमा २७ वटा वडा रहेका छन् । यो निर्वाचनमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् ।

जिल्लामा निर्वाचनका लागि एक सय ४५ पदका लागि चार सय ६७ जना प्रतिस्पर्धामा रहेका छन् । जसमा पाँच जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन् । अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप