मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दीपक मनाङे मन्त्रीको कुर्सीमा, कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा

मङ्गलबार, २७ वैशाख २०७९, १३ : ०५
मङ्गलबार, २७ वैशाख २०७९

राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार  सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर स्थगित भयो । 

मुद्दा स्थगित पुनरावेदकको कानुन व्यवसायीबाट भएको हो । पुनरावेदक महान्यायाधिवक्ताको कार्यालय हो । गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा उनी दोषी ठहर भइसकेका हुन् । सर्वोच्चले पनि २०७४ माघमा सोही मुद्दामा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको थियो ।

त्यहीबेला मनाङबाट उनी प्रदेश संसद् निर्वाचन निर्वाचित भए । निर्वाचित भएको ५ महिनामै उनी पक्राउ परे । ८ महिना कैद सजाय भुक्तान गरे । यद्यपि, जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने मुलुकी संहिताको सुविधा प्रयोग गरेर ६ पुस २०७५ मा थुनामुक्त भए । तर, थुनामुक्त गर्ने सर्वोच्चकै आदेशविरुद्ध पुनरावलोकन मुद्दा परेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप