मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

महिलाको शव फेला

मङ्गलबार, २७ वैशाख २०७९, १२ : ५१
मङ्गलबार, २७ वैशाख २०७९

रुकुम(पूर्व) मा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो । 

सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए । शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल लगिएको छ । शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताउनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप