राष्ट्र बैंकले निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र दिने, एक महिनाभित्र खाता खोलिसक्न आग्रह
नेपाल राष्ट्र बैंकले सेवा निवृत्त कर्मचारीहरुको निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र गर्ने भएको छ । सोसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकहरुबाट मात्र भुक्तानी गरिने हुँदा बैंकले सम्बन्धित कर्मचारीहरुलाई एक महिना भित्र खाता खोलिसक्न र सोको विवरण राष्ट्र बैंकको सम्बन्धित शाखामा बुझाउन आग्रह गरेको हो ।
सोमबार एक सूचना जारी गर्दै बैंकले नेपाल राष्ट्र बैंक, निवृत्तिभरण भुक्तानसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकबाट सेवानिवृत्त कर्मचारी वा निजको हकवालालाई बैंकबाट प्रदान गरिने निवृत्तिभरण वापतको रकम निज निवृत्तिभरकको नाममा बैंक तथा वित्तीय संस्थामा खोलिएको बैंक खातामा मात्र भुक्तानी गरिने बताएको छ ।
निवृत्तिभरण भुक्तानी सम्बन्धी कार्यविधिको दफा (८) को उपदफा (२) मा भएको व्यवस्थाअनुसार बैंक खातासम्बन्धी विवरण पेश गर्न बाँकी निवृत्तिभरकले संलग्नबमोजिमको फाराम सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागमा वा विभागको आधिकारीक वेवसाइटमा बुझाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ