मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

हालसम्मकै उच्च बिन्दुमा पुग्यो डलर, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

मङ्गलबार, २७ वैशाख २०७९, ११ : ३९
मङ्गलबार, २७ वैशाख २०७९

अमेरिकी डलरको सामू नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । आज नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्दा नेपाली मुद्रा इतिहासकै कमजोर स्थितीमा आइपुगेको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको सटही विनिमयदर १२४.२५ रुपैयाँ छ । यस्तै, यसको खरिददर १२३.६५ रुपैयाँ छ । जुन, अहिलेसम्मकै उच्च बिन्दु हो । विश्वव्यापीरूपमा फैलिइरहेको कोरोना महामारी यता नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बन्दै छ ।

नेपाली रुपैयाँको तुलनामा डलर बलियो बन्दा नेपालले विदेशबाट आयात गर्ने वस्तुको बढी मूल्य तिर्नुपर्ने हुन्छ । यस्तै, नेपालबाट हुने निर्यातमा बढी मुद्रा आर्जन हुन्छ । तर, नेपालको आयात बढी र निर्यात न्यून रहँदा वैदेशिक व्यापारमा डलर बलियो बन्दा नेपाललाई घाटा हुने स्थिती हुन्छ । यसैगरी, रेमिट्यान्स आप्रवाह डलरमा हुने हुँदा यसतर्फ भने नेपाललाई फाइदा हुन्छ ।

यसअघि, गत वर्षसम्ममा एक डलरको सटहीदर ११९ रुपैयाँको हाराहारीमा थियो । जुन, अहिले बढेर १२४ रुपैयाँभन्दा माथि पुगेको छ । यसैगरी, आज एक युरोको सटहीदर १३०.९० रुपैयाँ र खरिददर १३०.२७ रुपैयाँ छ । यस्तै, पाउण्ड स्टर्लिङको सटहीदर १५३.११ रुपैयाँ र खरिददर १५२.३७ रुपैयाँ छ ।

८७.०१ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिददर ८६.५९ रुपैयाँ छ भने ८९.२३ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको खरिद मूल्य ८८.८० रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्री दर ९.४७ रुपैयाँ र खरिद दर ९.४३ रुपैयाँ छ ।

यस्तै, चिनियाँ युवानको बिक्रीदर १८.४७ रुपैयाँ र खरिद मूल्य १८.३८ रुपैयाँ छ भने साउदी रियालको बिक्री दर ३३.१२ रुपैयाँ र खरिद मूल्य ३२.९६ रुपैयाँ छ । ३४.०१ रुपैयाँमा बिक्री भइरहेको कतारी रियालको खरिद दर ३३.८४ रुपैयाँ छ । यसैगरी, संयुक्त अरब इमिरेट्सको बिक्री दर ३३.८३ रुपैयाँ कायम हुँदा खरिद दर ३३.६६ रुपैयाँ कायम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप