देउवा मतदान गरेर मात्र काठमाडौं फर्किने
![देउवा मतदान गरेर मात्र काठमाडौं फर्किने](https://rpcdn.ratopati.com/media/albums/deuba_dadeldhura_fXs0w5ubEz.jpg)
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा छन् । सोमबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किन उनका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर डडेल्धुरा हानिएका थिए ।
देउवाले सोमबार आफ्नो मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकाको बडालमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । देउवाले आज अमरगढी नगरपालिका र भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेका नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले बताए ।
उनका अनुसार अमरगढीको बागबजारस्थित बसपार्कमा बिहान १० बजे र परशुरामको जोगबुढास्थित लालढुंगामा दिउँसो २ बजे चुनावी सभा हुनेछ । डडेल्धुरामा काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले एमालेसँग तालमेल गरेको छ भने काँग्रेस एक्लै निर्वाचनमा उत्रिएको छ । पाँच दलीय गठबन्धनको नेतृत्व देउवाले गरिरहेका बेला उनको गृहजिल्लामा चुनावी तालमेल भएन । उक्त परिस्थितिलाई मध्येनजर गरी देउवा स्थानीय तह निर्वाचनको अन्तिम घडीमा गृहजिल्ला केन्द्रित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफूले सम्बोधन गर्दा ओली नआएको भन्दै प्रचण्डको आक्रोश
-
गगनको प्रश्न : जाजरकोट भूकम्प र असोजको बाढी पछिको पुनर्निर्माणमा सरकारले श्रोत कसरी जुटाउँछ ?
-
बादलले भने– माओवादीको जनयुद्ध हिंसा हो
-
अध्यादेशबारे निर्णय गर्न बसेको जसपा नेपालको संसदीय दलको बैठक विनानिष्कर्ष सकियो
-
कुजात भनेको के हो ? प्रचण्डलाई स्पष्ट पार्न रुलिङको माग
-
सामाजिक सञ्जाल विधेयकमा युवाको आवाज सुनोस् : सुमना श्रेष्ठ