वडा अध्यक्षका उम्मेदवारको मृत्यु
मङ्गलबार, २७ वैशाख २०७९, ०९ : १७

दाङमा एमालेबाट वडा अध्यक्षमा चुनाब लडेका उम्मेदवारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार रहेका लवरु चौधरीको गएराति मृत्यु भएको हो । ५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको समस्या रहेको बताएको छ ।
चुनाब प्रचारकै क्रममा विरामी परेपछि उनलाई उपचारका लागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । जहाँ गएराति उनको मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए । उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
-
आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य
-
जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाललाई विश्वकै साथ चाहिन्छ : उपराष्ट्रपति यादव