वडा अध्यक्षका उम्मेदवारको मृत्यु
मङ्गलबार, २७ वैशाख २०७९, ०९ : १७
दाङमा एमालेबाट वडा अध्यक्षमा चुनाब लडेका उम्मेदवारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार रहेका लवरु चौधरीको गएराति मृत्यु भएको हो । ५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको समस्या रहेको बताएको छ ।
चुनाब प्रचारकै क्रममा विरामी परेपछि उनलाई उपचारका लागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । जहाँ गएराति उनको मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए । उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण