मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुरमा गठबन्धनको चुनावी सभा

मङ्गलबार, २७ वैशाख २०७९, ०९ : १८
मङ्गलबार, २७ वैशाख २०७९

सत्ता गठबन्धनले आज ललितपुरमा चुनावी सभा आयोजना गर्दैछ । । नेपाली काँग्रेसले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा आयोजना गरिरहेको हो । ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्याशी छन् ।  

त्यस्तै सुदूरपश्चिम प्रदेशमा आज गठबन्धनको तर्फबाट चुनावी सभा हुँदैछ । आज सुदूरपश्चिमको डडेलधुरामा चुनावी सभा हुने कार्यतालिका रहेको छ । सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूले सम्बोधन गर्नुहुनेछ । त्यस्तै गठबन्धनले आज ललितपुरमा पनि चुनावी सभा आयोजना गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप