मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गुणस्तरीय शिक्षामा बाल बाटिका स्कुलको जोड, सिकाइमा अब्बल

मङ्गलबार, २७ वैशाख २०७९, ०९ : १३
मङ्गलबार, २७ वैशाख २०७९

‘सानासाना बालबालिका, तर प्रस्तुती भने दमदार’, बिहीबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नेपाल राष्ट्रिय विद्यालय नेपालटारकी प्रधानाध्यापक निर्मला शाक्य भन्दै थिइन्, ‘विद्यार्थीको सिकाइको दायरा फराकिलो हुनुपर्छ । हरेक क्षेत्रमा अब्बल बन्दा नै भविष्य उज्ज्वल हुन्छ ।’

अझै पनि विद्यालय शिक्षामा घोकाइ बेसी सिकाइ कम हुन्छ भन्ने टिप्पणी सुन्न पाइन्छ । कितावी ज्ञानबाहेक उनीहरुको रुचि र चाहनाका साथै भविष्यको योजनाबारे कम जानकारी गराइने तितो यथार्थका बीच अहिले समय बदलिएको छ । विद्यालयहरुले विद्यार्थीको चाहना, वर्तमानको आवश्यकता र भविष्यको सम्भावनाअनुसार शिक्षा प्रदान गराउन आफ्नो ध्यान केन्द्रीत गर्न थालेका छन् ।  त्यसैले त प्रधानाध्यापक निर्मलाले भनेजस्तै विद्यार्थीहरु पनि घोकन्ते विद्यामा होइन, व्यवहारिक सिकाइ र अतिरिक्त क्रियाकलापमा अब्बल देखिने गरेका छन् । 

हरेक अभिभावकको चाहना आफ्ना सन्तानको भविष्य सुन्दर होस् भन्ने हुन्छ । त्यसका लागि ‘दोस्रो घर’ भनिने विद्यालय राम्रो होस् भन्ने उनीहरुको चाहना हुन्छ । जहाँ आफ्ना बालबालिकाले राम्रो सिकून् र  कितावी ज्ञानमात्रै नभएर व्यवहारिक ज्ञान हासिल होस् । 

बिहीबार प्रज्ञा भवनमा राजधानीको बालाजुस्थित बाल बाटिका इन्टरनेशनल स्कुलले आयोजना गरेको ‘अभिभावक दिवस’ मा अभिभावकहरु खुसी देखिन्थे । भर्खर स्कुल जान थालेकादेखि आफ्नो भविष्यको योजना बुन्न सक्ने भइसकेका विद्यार्थीहरुले देखाएको ट्यालेन्टले कुन अभिभावक खुसी नहोला र ? विद्यार्थीहरुले गायकदेखि, नृत्य, योगा, उद्घोषण कला प्रस्तुत गरेर सबैको मन जितेका थिए । 

विद्यालयले सैद्धान्तिक शिक्षाका साथै सिकाइका व्यावहारिक पक्षलाई विशेष जोड दिँदै आएको संस्थापक तथा प्रिन्सिपल राजेश खकुरेलले बताए । उनका अनुसार साना बालबालिकालाई उनीहरुको रुचि र चाहनाअनुसार घरको जस्तै वातावरणमा पठकपाठन गर्ने गरिएको छ । यस्तै एउटा कक्षाकोठामा २० जना भन्दा विद्यार्थी नबढाई नियमित दुई जना शिक्षक राखेर सिकाइका विविध पाटो खोतल्ने काम गरिन्छ ।
‘साना–साना विषयलाई पनि हामीले कसरी व्यावहारिकतासँग जोड्ने भन्ने कुरा हामीले अनुभवी शिक्षकबाट सिकाएका हुन्छौँ’, खकुरेलले भने, ‘स्कुलले अतिरिक्त क्रियाकलापका रूपमा म्युजिक, डान्स, तेक्वान्दो, फुटसललगायत खेलहरु अनिवार्य गरेको छ । यसका लागि विषयगत छुट्टै शिक्षकको पनि व्यवस्था गरेको छ ।’

 अतिरिक्त क्रियाकलापमा कसरी ससाना बालबालिकाको उपस्थिति बलियो बनाउने भनेर स्कुलले विभिन्न समयमा उपत्यकाभित्रै जस्तै चिडियाखानाको भ्रमण, स्विमिङलगायतमा पनि सहभागी गराउने गरेको छ । यस्ता क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदा कुनैपनि अतिरिक्त शुल्क लिइँदैन ।’

बालबालिकाले कसरी सिकिरहेका छन् र आफूलाई कसरी विकास गरिरहेका छन् भन्ने कुराको सूक्ष्म विश्लेषण गर्दै कमजोरी पहिल्याएर उनीहरुलाई सक्षम र सिर्जनशील बनाउनतर्फ स्कुलले ध्यान दिँदै आएको खकुरेलले बताए । 
१६ वर्षको विरासत बोकेको विद्यालयले पूर्णतः मन्टेस्वरी विधिबाट पठनपाठन गराउँदै आएको छ भने शुल्कसमेत धेरै महँगो नभएकाले अभिभावकहरुको रोजाइमा पर्ने गरेको छ । उसो त स्कुलले अभिभावकबाट कुनै पनि ‘हिडन् फी’ (अतिरिक्त शुल्क) नलिने गरेको खकुरेलले स्पष्ट पारे ।  यस्तै विद्यार्थीलाई घरदेखि स्कुलसम्म ल्याउने–लैजाने प्रयोजनका लागि स्कुलका पर्याप्त भ्यान रहेका छन् ।  विद्यालयले प्रतिकुल परिस्थितिमा अनलाइन माध्यममार्फत समेत अध्यापन गराउँदै आएको पनि खकुरेलले बताए ।  बाल बाटिकाले अहिले प्लेग्रुपदेखि कक्षा ९ सम्म भर्ना लिइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप