बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘नमस्ते ईद २०२२’ भव्यताका साथ सम्पन्न

मङ्गलबार, २७ वैशाख २०७९, ०९ : ०५
मङ्गलबार, २७ वैशाख २०७९

ओपन स्पेस नेटवर्कले वार्षिक रुपमा आयोजना गरिँदै आएको  ‘नमस्ते ईद २०२२’ को  चौथो संस्करण भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा भव्यताका साथ सम्पन्न भएको छ ।  यस शनिवार एउटा भिन्नै प्रकारको रौनक थियो। 'नमस्ते ईद' नेपालमा मनाइने एक मात्र र सबैभन्दा ठूलो बहु सांस्कृतिक उत्सव हो जसले रमजान उपवास महिनाको अन्त्य भएको र ईद–उल–फित्र उत्सवको जनाउ दिन्छ । 

उत्सवको मुख्य आकर्षणको रुपमा नुजहत काजीद्वारा सञ्चालित ‘मोडेस्टली मोडर्न फेसन शो’ रहेको थियो । साथै, नेपालस्थित अमेरिकी दूतावासकी सांस्कृतिक मामिला अधिकृत साराह जास्मिन नाइट, अभिनेत्री ऋचा शर्मा र मिस नेपाल २०१० तथा मिडिया पर्सनालिटी सदिक्षा श्रेष्ठ जस्ता चर्चित व्यक्तित्वहरू मोडलहरुसँगै र्याम्पमा देखिएका थिए । उत्सवमा 'प्रोजेक्ट सारंगी' का संस्थापक किरण नेपालको विशेष सांगीतिक प्रस्तुति पनि रहेको थियो ।

कार्यक्रममा हलाल आउटलेट, हेन्ना आटिस्ट देखि पर्फ्युम र पहिरन लगायतका स्टलहरू थिए । कार्यक्रममा किड्स जोन, खेलकुद, सुफी तथा कवाली र नृत्य प्रस्तुतिहरु समेत रहेका थिए । काठमाडौँ उपत्यकाका मेयर उम्मेदवारद्वय बालेन शाह र केशव स्थापित समेत यस उत्सवमा सहभागी भएका थिए । साथै, मिथिलेश झा, युवराज शर्मा, रोनाली अमात्य, सञ्जय गुप्ता, दीपाञ्जली लामा शाह लगायतका समाजमा विभिन्न पेसा र क्षेत्रबाट योगदान पुर्‍याएका चर्चित व्यक्तित्वहरू पनि उत्सवमा सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप