कपिलवस्तुको महाराजगन्ज नगरपालिकाकी उपप्रमुख उम्मेदवार कुर्मीको निधन
मङ्गलबार, २७ वैशाख २०७९, ०८ : २४
कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको गएराति निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनको हृदयघातका कारण सोमबार राति एक बजे निधन भएको छ । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आज निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताएका छन् ।
उनले निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रिया अघि बढ्ने बताए । कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण