कपिलवस्तुको महाराजगन्ज नगरपालिकाकी उपप्रमुख उम्मेदवार कुर्मीको निधन
मङ्गलबार, २७ वैशाख २०७९, ०८ : २४

कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको गएराति निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनको हृदयघातका कारण सोमबार राति एक बजे निधन भएको छ । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आज निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताएका छन् ।
उनले निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रिया अघि बढ्ने बताए । कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किटमा मृत्यु भएकी छात्राको परिवार वीरगन्जमा बस्दै आएको पुष्टि
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला