गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा
मङ्गलबार, २७ वैशाख २०७९, ०७ : ३६
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका छन् ।
सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा काँग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, “पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाउन र राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको हो ।”
नेकपाको बहुमतको सरकार हुँदाहुँदै सो पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरी राजनीतिक अस्थिरता निम्त्याएको थापाको भनाइ छ । सोही कारण फेरि देशमा राजनीतिक अस्थिरता नहोस् भनेर गठबन्धन गरी सरकार गठन भएको महामन्त्री थापाको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीले ल्यायो ‘वासर ड्रायर वासिङ मेसिन’
-
तत्कालीन पालिका अध्यक्षसहित १६ जनाविरुद्ध अख्तियारको मुद्दा
-
संसद्मा सांसद विकले गृहमन्त्रीको धोती खुस्कियो भनेपछि...
-
सर्वसाधारणबाट १ अर्ब ५८ करोड उठाएर ‘रिलायन्स स्पिनिङ मिल्स’ले के गर्दैछ ?
-
अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन : ठाकुर गैरे
-
देशभर ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो