बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘साँच्चै गठबन्धन बहुरङ्गी छ, उम्मेदवारको तथ्याङ्क दिन समस्यै छ’

एमालेका १० भाइ मेरो छोराको बिहेमा समेत आउन सक्नुभएन : बेदुराम भुसाल
मङ्गलबार, २७ वैशाख २०७९, ०६ : ५०
मङ्गलबार, २७ वैशाख २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव डा. बेदुराम भुसाल समकालीन कम्युनिस्ट नेताहरूमध्ये पुराना र बौद्धिक नेतामा पर्छन् । लामो समय नेकपा एमालेमा रहेर राजनीति गरेका भुसाल माधव नेपालले नयाँ पार्टी गठन गर्दा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेमध्येका एक मानिन्छन् । नयाँ पार्टी पुनर्गठनसँगै लगत्तै चुनावको सामना गरिरहेको यो पार्टी सत्ता गठबन्धनको मुख्य घटक पनि मानिन्छ ।

गठबन्धनको सामर्थ्य, आयु र स्वयम् समाजवादीको हैसियत चुनावले निर्धारण गर्दैछ । गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर चुनावको सामना गरिरहेको एकीकृत समाजवादीले कति संख्यामा स्थानीय पालिका जित्ला त ? प्रस्तुत छ, यसै सेरोफेरोमा रातोपाटीले महासचिव भुसालसँग गरेको कुराकानी :

पार्टी पुनगर्ठनपछि पहिलो पटक स्थानीय निर्वाचन ‘फेस’ गर्दै हुनुहुन्छ, के कस्ता चुनौतीको सामना गरिरहनु भएको छ ?

हामीले दुई तीनवटा उदेश्य राखेर एमालेबाट विद्रोह गरेका हौ । एमाले यो मुलुकको लोकतन्त्रका लागि लडेको शक्ति थियो, तर जब केपी ओली नेतृत्वमा आउनुभयो, तब उहाँले लोकतन्त्रकै विरुद्ध गतिविधि गर्नुभयो । संविधान विपरीत काम गर्नुभयो । कम्युनिस्ट आन्दोलनका सिद्धान्त, नीति विचार सवै परित्याग गर्नुभयो । जबसम्म पार्टीका सवालहरू थिए, पार्टीकै नीति, विचार र कार्यनीति थिए, तबसम्म हामीले पार्टीभित्रै संघर्ष गरिरहेका थियौ । पार्टीभित्र वैचारिक संघर्ष चलिरहेको थियो । 

जब ओलीले संविधान विपरीत प्रतिनिधि सभा विघटन गरेर लोकतन्त्रलाई समाप्त पार्ने दिशामा कदम चाल्नुभयो, त्यसपछि हामीले यो विषय खाली पार्टीको मात्रै विषय होइन, यो आम नेपाली जनताको अधिकार र यो राष्ट्रसँग पनि जोडिएको विषय हो । नेपाली जनताले लामो समय संघर्ष गरेर प्राप्त गरेका उपलब्धिसँग जोडिएको विषय भएकाले गर्दा हामीले त्यो कदमका विरुद्ध उभिनुपर्छ भनेर उभियौ । यसको परिणाम स्वरुप पार्टीमा पनि विद्रोह गर्नुपर्ने स्थिति आयो । त्यो विद्रोहकै क्रममा अघि बढ्दै जाँदा हामी अलग ढंगले संगठन पनि निर्माण गर्न गयौँ । यसरी अघि बढ्ने क्रममै या छोटो अवधिमा स्थानीय चुनाव आएको छ । चुनावमा जाँदा जनताबाट हामीलाई राम्रै समर्थन प्राप्त भएको महशुस भएको छ ।

गठबन्धन त तपाईंंले भनेजस्तै बहुरंगी खालको भएको छ । त्यसकारण गठबन्धनको डाटा मैले कसरी दिने ? यो बडो समस्या छ । पाँचै दलको गठबन्धनको कुरा गर्यो भने एउटा डाटा आउँछ, दुई दलको गठबन्धनको कुरा गर्यो अर्कै डाटा आउँछ । तीन दलको कुरा गर्यो अर्को आउँछ । तीन दल, दुई दलको गठबन्धन होइन पनि भन्न सकिदैन । त्यसैले तपाईंंले भनेजस्तो ठ्याक्कै डाटा दिन मुस्किल छ ।

राम्रो समर्थन पायौं भन्नुभयो । तर, नेकपा समाजवादीका उम्मेदवार नै नगन्य देखिन्छन् नि ?

जहाँ जहाँ हामीले उम्मेदवारी दिएका छौँ, धेरै ठाउँमा त गठबन्धन हुन्छ भन्ने आधारमा हाम्रो तयारी पनि पुग्न नसकेर उम्मेदवारी दिने स्थिति बनेन । त्यस क्रमममा कतिपय ठाउँमा गठबन्धनकै उम्मेदवारलाई समर्थन गरेका छौँ भने कतिपय ठाउँमा गठबन्धन हुन्छ भन्ने आशमा स्थानीय साथीहरू बस्नुभयो । अन्तिम घडीमा नहुने भएपछि तुरुन्तै उम्मेदवारी दिने स्थिति पनि बनेन । 

तर जहाँ जहाँ हामीले उम्मेदवारी दिएका छौँ, चाहे त्यो गठबन्धनबाट होस् वा एकल, ती सबै ठाउँमा जनताको असाध्यै समर्थन पाएका छौ । तपाईंंहरूले पनि हेर्नुभयो होला । ठाउँ ठाउँका घरदैलोका भिडियोहरू पनि आइरहेका छन् । यो देख्दा हामीलाई जनताको समर्थन छ भन्ने आधार छ । र, हामीले ठिकै खालको अनुभूति पनि गरेका छौँ ।

गठबन्धन पनि बहुरंगी देखिन्छ । कहीँ ५ दलीय त कही दुई दलीय अनि कहीँ एकल चुनाव पनि लड्दै हुनुहुन्छ । कतै राप्रपासँग पनि तालमेल गरेको देखिन्छ । अर्कोतिर समाजवादीले कति स्थानीय तहमा चुनाव लड्दै छ भन्ने डाटा पनि भेटिँदैन नि ?

हो, गठबन्धन त तपाईंंले भनेजस्तै बहुरंगी खालको भएको छ । त्यसकारण गठबन्धनको डाटा मैले कसरी दिने ? यो बडो समस्या छ । पाँचै दलको गठबन्धनको कुरा गर्यो भने एउटा डाटा आउँछ, दुई दलको गठबन्धनको कुरा गर्यो अर्कै डाटा आउँछ । तीन दलको कुरा गर्यो अर्को आउँछ । तीन दल, दुई दलको गठबन्धन होइन पनि भन्न सकिदैन । त्यसैले तपाईंंले भनेजस्तो ठ्याक्कै डाटा दिन मुस्किल छ ।

आफ्ना कति, अर्काका कति उम्मेदवार छन् भन्नेमै ‘कन्फ्युज’ रहेछ । यसले मतदाता पनि अलमलमा पर्लान् यस्तो अवस्थामा चुनाव कसरी जित्ने त ?

त्यस्तो पनि होइन । हाम्रा उम्मेदवार कति हुन् भन्ने त निर्वाचन आयोगले नै फलाना पार्टीका यति भन्देकै छ । त्यसमा कन्फ्युज हुनुपर्ने छैन । मैले खाली गठबन्धनको डाटा भनेकाले के आधारमा भन्ने भनेर मात्रै बताएको हो ।

बहुरंगी खालको गठबन्धनले लक्ष्य प्राप्त गर्न सकिन्छ त ?

हो, प्रमुख उपप्रमुखमा गठबन्धन भएको छ, वडामा भएको छैन । जस्तो कि काठमाडौं महानगरमा प्रमुख उपप्रमुखमा भएको छ, वडामा भएको छैन, अव यसलाई गठबन्धन भन्ने कि नभन्ने ? अरुतिर पनि त्यस्तै छ । त्यही भएर तपाईंंले भनेजस्तै यो गठबन्धन बहुरंगी नै भयो । विविधता खालकै भयो, त्यो एउटा समस्या छ । यस्तो खालको गठबन्धनले लक्ष्य प्राप्त गर्न सकिन्छ त भन्ने प्रश्नचाहीँ मेरो विचारमा अलि गम्भीर प्रश्न भयो । यस्तै हिसावले गएर लक्ष्य प्राप्त गर्न पनि गाह्रै हुन्छ । तर स्थानीय चुनाव र केन्द्रीय तहमा हुने गठबन्धन अलि फरक नै हुन्छ भनेर पनि हामीले हेर्नुपर्ने हुन्छ ।

जहाँ गठबन्धन भएको छ, त्यहाँ अहिलेसम्म इमान्दार ढंगले नै प्रचारप्रसार अभियान अघि बढिरहेको छ । त्यसले गर्दा मेरो भनाइले तपाईंंले भनेजस्तो अन्तरघातको कुनै संकेत गर्दैन । तर जनमत ठ्याक्कै यसरी नै प्रभावित हुन्छ भन्न सकिदैन । भनिएपनि त्यो तथ्यपरक हुँदैन । स्थानीय तहमा आजको परिस्थिति भोलि कायम रहँदैन । परिवर्तन भइरहन्छ ।

स्थानीय तहमा स्थानीय अन्तरविरोधले गर्दा पनि गठबन्धन गर्न निकै गाह्रो रहेछ, केन्द्रले चाहदा चाहदै पनि । जस्तो केन्द्रबाट गर्ने भनिएका ठाउँमा गठबन्धन भयो । महानगर र उपमहानगरमा छलफलले अलिकति समय लिएपनि गठबन्धन भयो । यद्यपी केही ठाउँमा बागीहरू छन्, संस्थापन नभएर केही मान्छेहरूले विद्रोह गरे । त्यसकारण केन्द्रीय तहबाट हेर्दा गठबन्धन गर्न सजिलो रहेछ तर स्थानीय तहमा गठबन्धन गर्न निकै गाह्रो रहेछ ।

संख्यागत रुपमा भन्नुपर्दा ७५३ पालिकामध्ये समाजवादीको कति प्रतिशत आउला त ?

स्थानीय चुनाव संघ वा प्रदेशको चुनावजस्तो ठ्याक्कै यति हुन्छ भनेर भन्न सकिदैन । यो कुरा जो कसैले पनि सजिलै आँकलन गर्न सक्दैन । ज–जसले आँकलन गर्छ, त्यो काल्पनिक मात्रै हुन्छ । स्थानीय तहमा नसोचेको परिणाम आउन सक्छ । किनभने स्थानीय तहको चुनावमा मतदाताले व्यक्तित्वको आधारमा पनि हेर्छन्, पार्टीगत हिसाबले मात्रै हेर्दैनन् । पार्टी र उम्मेदवार दुवै राम्रो छ भने सोही अनुसारको परिणाम आउँछ, होइन पार्टीमात्रै राम्रो उम्मेदवार त्यस्तो छैन भने अर्कै आउन सक्छ । त्यसैले ठ्याक्कै यही हुन्छ भनेर भन्न सकिदैन ।

पार्टी पुनर्गठन गरेर नेतृत्व तहको भूमिकामा बसेको जिम्मेवार नेताले नै ७५३ मध्ये न्यूनतममा यति र अधिकतममा यति आउँछ भनेर आँकलन गर्न नसक्ने हो भने समग्र पार्टी सञ्चालन कसरी होला त ? कि भन्न असजिलो लागेर हो ?

त्यस्तो होइन । एउटा कुरा यो परिणाम कति आउँछ भन्ने कुराको आँकलन नगरेर पार्टी हावाका तालमा चलेको भन्ने हुँदैन । संगठनको स्थिति के हो भन्ने कुरा सजिलै बताउन सकिन्छ । तर जनमत कता प्रभावित हुन्छ भनेर त्यति सजिलो हिसावले बताउन सकिदैन । भन्नकै लागि भनौला यति जित्छौ भनेर तर भोलि त्यहीअनुसार भएन भने प्रश्न उठ्छ ।

तपाईंसँगको कुराकानीबाट यो गठबन्धन कमजोर धरातलमा उभिएको छ । एकले अर्कोमाथि पूर्ण विश्वास पनि गरेको छैन र गठबन्धनमै घात अन्तरघात पनि हुन सक्छ भनेर बुझ्दा कति सही होला ?

जहाँ गठबन्धन भएको छ, त्यहाँ अहिलेसम्म इमान्दार ढंगले नै प्रचारप्रसार अभियान अघि बढिरहेको छ । त्यसले गर्दा मेरो भनाइले तपाईंंले भनेजस्तो अन्तरघातको कुनै संकेत गर्दैन । तर जनमत ठ्याक्कै यसरी नै प्रभावित हुन्छ भन्न सकिदैन । भनिएपनि त्यो तथ्यपरक हुँदैन । स्थानीय तहमा आजको परिस्थिति भोलि कायम रहँदैन । परिवर्तन भइरहन्छ ।

चुनावी प्रचारप्रसारकै कुरा गर्दा पनि काँग्रेस–माओवादी अलि बढी देखिन्छ तर समाजवादी ओझेलमा परेजस्तो छ भन्छन् नि ?

त्यस्तो पनि छैन । काँग्रेस र माओवादी केन्द्रको तुलनामा समाजवादीका उम्मेदवार कम भएकाले प्रचार कम देखिनु स्वभाविकै होला । तर जहाँ हाम्रा उम्मेदवार छन्, त्यहाँ राम्रो प्रचार भएको छ ।

तपाईंंले परिणाम राम्रै आउँछ भन्नुभयो तर एमालेजन एकीकृत समाजवादीले चुनाव त जित्दैन । यतिसम्म कि एमालेलाई हराउन पनि उसको मत पुग्दैन भनेर टिप्पणी गरेका छन्, यसबारे के भन्नुहुन्छ ?

एमालेले गर्ने टिप्पणीका पछि लागियो भने दिमाग पागल हुनेतिर जान्छ भन्ने मलाई लाग्छ । किनभने एमालेहरू यो संसारमा आफूबाहेक अरु कोही देख्दैनन्, एउटा गुट त्यहाँ त्यस्तो छ । आफू पछारिएको हुन्छ तर त्यो स्वीकार्दैन । त्यही कारण पनि विद्रोह भएको हो । अहिले पछारिन्छु भन्ने छटपटिको अभिव्यक्ति व्यक्त भएको पनि हुन सक्छ ।

जनमत नभएको ठाउँमा पनि एकीकृत समाजवादीले दावी गर्दा सोचेजस्तो परिणाम आउन गाह्रो छ । जसले एमाले नै अघि आउने सम्भावना छ भनेर पनि विश्लेषण हुँदैछ नि ?

पहिलो कुरा ५ बर्ष पहिले जनमत जे थियो, अहिले त्यो छैन । सवैभन्दा पहिला स्वीकार्नु पर्ने कुरा आजको जनमत के हो ? भन्ने नै हो । चाहे पोखराको कुरा गरौ वा हेटौडा र भरतपुर ? अहिले त्यहाँको चुनाव प्रचार प्रसार अभियानलाई हेर्दा हुन्छ नि, जनमत छ कि छैन भन्ने कुरा । पोखरा महानगर जहाँ १८ हजार हाम्रा संगठित मान्छे छन् वडा र टोलमा ।

पार्टी सदस्यमै मत सीमित होला नि फेरि ?  पोखरामा जित्न त ६५ हजार बढी मत चाहिने अनुमान छ नि ?

त्यो १८ हजारले एक बराबर दुई मत तान्यो भने ३६ हजार हुन्छ । त्यसपछि अरु पार्टीको मत जोडिँदैन ? त्यही १८ हजारले प्रतिव्यक्ति २ मत मात्रै नतान्ला बढी तान्ला, त्यो पनि त हुन्छ नि !

कुनैपनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने भएकाले नै गठबन्धन गर्या हुन् । फरक यति हो, कसैको कम होला, कसैको बढी होला । त्यो त भैरहन्छ । ०६४ को माओवादी र अहिलेको माओवादी हेर्दा पनि थाहा हुन्छ ।

तपाईंंले पोखरामा १८ हजार सक्रिय सदस्य छन् भन्नुभयो तर धनराज आचार्यलाई टिकट दिने बेलामा उहाँले बालुवाटारमा १० हजारको हिसाव सुनाउनुभयो भन्ने चर्चा थियो नि ?

होइन, १८ हजारकै लिस्ट देखाएको हो । त्यहाँको रिपोर्टको मसँग ठेली नै छ ।

अर्काको भर्याङ चढेर वा वैशाखी टेकेर, अर्को पार्टीका मतले निर्वाचन जितौला र पार्टी चलाउँला भन्ने कस्तो खालको राजनीतिक मनस्थिति हो यो ?

के बुझ्न जरुरी छ भने अर्काको मत समाजवादीलाई मात्रै चहिएको हो र ? उनीहरूलाई नचाहिएको हो भने किन गठबन्धन गरे ? ल ठिक छ काँग्रेसकै कुरा गर्छु म । काँग्रेसले पोखरामा २५ हजार मत दियो रे । अनि समाजवादीले १५ ठाउँमा ५/५ हजार मत दिदा के हुन्छ ? त्यो भनेको साफोनाफो होइन ? एमाले म ठुलो हुँ भन्नेले राप्रपा वा परिवार दलसँग गठबन्धन किन गर्छ ? उसलाई पनि मत चाहिएर नै गरेको होला नि ! सवैको आफ्नै मतले पुग्ने भए कसैले कहीं गर्न नपर्ने हो । 

त्यसकारण कुनैपनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने भएकाले नै गठबन्धन गर्या हुन् । फरक यति हो, कसैको कम होला, कसैको बढी होला । त्यो त भैरहन्छ । ०६४ को माओवादी र अहिलेको माओवादी हेर्दा पनि थाहा हुन्छ । जनमत भन्ने कुरा परिवर्तन भइरहन्छ । काँग्रेसले पहिला कसैलाई गन्थ्यो ? जब उ पछारिँदै पछारिँदै गयो, अनि न गठबन्धन उसलाई पनि चाहियो ।

तर गठबन्धन त काँग्रेस–माओवादी भन्दा नि तपाईंंहरूलाई बढी चाहिएको भन्छन् नि ?

त्यो वाहियात कुरा हो । हामीले कुनै अनुनय विनय गरेका छैनौ । हामीले स्पष्ट भनेका हौ, गठबन्धन नगर्ने भए नगरौ भनेर । हामी एक्लै चुनावमा जान्छौ । हामीलाई मात्रै चाहिएको होइन गठबन्धन । यदि लोकतन्त्र जोगाउन गठबन्धन चाहिएको हो भने संविधान जोगाउन हो भने मिलेर काम गरौ भनेको मात्रै हो । हाम्रो पार्टी बनाउनकै लागि हामीलाई कसैको सहारा चाहिएको छैन । गठबन्धन पनि गर्नु परेको छैन । तर यो मुलुकको लोकतन्त्र, संविधान बचाउने, संविधानले दिशानिर्देश गरेको दिशामा मुलुकलाई अघि बढाउने हो भने त्यसका निम्ति मिलेर जाउँ भनेको हो । मिल्न सक्ने जति शक्ति मिलौ भनेको हो । त्यही भएर यो गठबन्धनभन्दा बाहिर तालमेल नगरौ है भनेर पनि भनेका छौ ।

हिम्मत नभए एमाले छोडेर हिँडिन्छ ? विद्रोह गरिन्छ ?

तर गठबन्धन बाहिर चुनावी तालमेल नगर्न तपाईंंहरूले गरेको निर्देशन विपरीत भइरहेका पनि छन् नि ?

गरेका छन्, तर त्यसरी गरेका ठाउँमा खारेज पनि भइरहेका छन् । धेरै ठाउँमा खारेज पनि भैसकेको छ । यदि गठबन्धनभन्दा बाहिर नजाने है भनेर नभनेको भए अझ बढी हुन्थ्यो होला । त्यसमा खास गरी एमालेवालाहरूले लोभ्याइरहेका थिए । आफू कमजोर भएका ठाउँमा अरुलाई दिएर एमालेले मिलाउन खोजेका थिए । त्यसकारण यो समाजवादीलाई मात्रै चाहिएको भनेर जे भन्न खोजिएको छ, त्यसमा कुनै सत्यता छैन । यदि त्यसो हो भने काँग्रेस–माओवादीले किन गठबन्धन खोज्या त ? त्यसकारण कुनै एउटालाई चाहिएर होइन, एकीकृत समाजवादी पार्टी बनाइदिन गठबन्धन होइन । हामी आफै पार्टी बनाउँछौ । त्यो आँट गरेर नै विद्रोह गरेका पनि हौ ।

तपाईंंहरूमा एक्लै पार्टी बनाउने हिम्मत छ ?

किन छैन ? हिम्मत नभए एमाले छोडेर हिँडिन्छ ? विद्रोह गरिन्छ ?

एमाले छोड्नु त वाध्यता थियो नि ?

के को बाध्यता ? थिएन ।

एमालेमा कसैले वास्ता नि गरेनन्, भाउ नि दिएनन् । त्यो त सत्य नै हो नि ?

के को वास्ता गर्ने र नगर्ने कुरा ? वास्ता नगरे के हुन्थ्यो हामीलाई ? केही हुँदैन थियो ।

यति ठुलो हिम्मत भएको नेता तपाईंंहरू । अव यो चुनावमा जनमत नाप्दै हुनुहुन्छ । त्यो पनि झारपात, घाँस, स्याउला एकै डोकोमा खाँदेर । अर्को कुरा त्यसरी बटुलेको जनमतले पुग्ने कहाँ ?

अहिलेको जनमत परीक्षण नै होइन । जनमत परीक्षण त जव समानुपातिकमा हामी चुनाव लड्नेछौ, त्यतिबेला हुनेछ । अहिले त सवै पार्टीको मत एकै ठाउँ, तपाईंंले भनेजस्तो घाँस पतिङ्गर एकै ठाउँमा आउने हो ।

देशैभर तालमेल गर्दा काँग्रेस र माओवादीबाट सोचे जस्तो भागवण्डा पाइएन भन्ने तपाईंंहरूको गुनासो छ, हो ?

मलाई त्यस्तो पनि पर्‍या छैन । हामीले एउटा नीति बनाएर तालमेल गर्‍यौँ । महानगर र उपमहानगर केन्द्रबाट गर्‍यौँ​ । अरु नगरपालिका र गाउँपालिका प्रदेश र जिल्लाको समन्वयमा तालमेल भयो ।  तालमेल हुने  ठाउँमा तालमेल गरौं, नहुने ठाउँमा मित्रवत प्रतिस्पर्धा गरौ भनेका थियौ । त्यो नीतिअनुसार कहीं माओवादी र काँग्रेसबीच तालमेल भयो । कहीं माओवादी र एकीकृत समाजवादीवीच तालमेल भयो । आ–आफ्नो अनुकूलतामा तालमेल भयो । हामी र माओवादी मिल्दा ठिक हुने ।  तर, काँग्रेस र माओवादी मिल्दा बेठिक हुने भन्ने कुरा हुँदैन ।

गठबन्धन भनेपछि कतै प्रमुख, कतै उपप्रमुख लिएर तालमेल हुने हो । कहीं हामीले प्रमुख लिएका छौ, अरुले उपमेयरसहित वडा लिएका छन् । कतै हामीले वडा मात्रै लिएर प्रमुख उपप्रमुख अरुलाई दिएका छौ । सबै पद एउटैले पाएर कसरी गठबन्धन हुन्छ र ?

तपाईंका पार्टीका र माओवादीका नेता कार्यकर्ता एकपछि अर्को गर्दै एमाले प्रवेश गरिराखेका छन् । त्यसैलाई एमाले नेताहरूले आफ्नो पार्टीलाई मूल घरको संज्ञा दिँदै ढिलो चाँडो सबै एमालेमा आउने भन्दै छन् । के त्यस्तै परिस्थिति बन्दै गएको हो ?

हाम्रो पार्टीबाट एमालेमा खासै नेता कार्यकर्ता गएका छैनन् । माओवादीबाट एमालेमा कति गए माओवादीले जानोस् । हाम्रोबाट हेटौंडाका मेयरका आकांक्षी थिए । उनले टिकट नपाएपछि उनीसहित तीन जना जिल्ला कमिटी सदस्य एमाले प्रवेश गरेका हुन् । नभए अहिलेसम्म एक जना नेता एमाले गएका छैनन् । भोटर यता उता हुने भएकाले त्यसको हिसाव किताबै भएन । त्यो यता पनि आएका छन्, उता पनि गएका होलान् । नभए हाम्रो संगठित कार्यकर्ता दाँयाबाँया भएका छैनन् ।

एक जमानामा मोहनविक्रम सिंहले नेतृत्व गरेको चौम कति ठूलो पार्टी थियो  ? त्यो पार्टी यो हालतमा आयो । एक जमानामा माओवादी यो मुलुकै ठूलो पार्टी बन्यो । त्यो माओवादी अहिले खस्कियो । एमाले ५१ सालमा ठूलो थियो त्यसपछि चुनावमा खस्कियो ।

हामी मूल घर भनेर फर्किने स्थिति छैन । बरु एकीकृत समाजवादीले अघि सारेको नीति विचार ठिक छ भनेर यसलाई केन्द्र बनाएर थुप्रै समूहहरू प्रवेश गरेका छन् । यसलाई नै समाजवादी केन्द्र बनाएर जाने भन्दै धेरै समूहहरू एकतावद्ध भएर जानेको संख्या एकपछि अर्को गर्दै बढ्दै गएको छ । अहिलेसम्म हामीले पाँच समूहलाई एकतामा समाहित गरिसक्यौँ ।

त्यसलाई विभिन्न राजनीतिक समूह एकतामा आए भन्दा पनि व्यक्तिहरू प्रवेश गरे भन्दा ठिक हुन्छ होला है ?

सामूहिक रुपमा पार्टीकै स्वरुपमा एकतामा आएका छन् । हलमै ठूलै संख्यामा प्रवेश गरेपछि व्यक्ति प्रवेश गरेको भन्न मिल्दैन । कतिपय पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् । धेरै जिल्लामा संगठन समेत बनाएका छन् । त्यसैले पार्टीकै रुपमा एकतामा समाहित भएका छन् ।

यस्ता स–साना समूहहरू खोज्दै  एकता गर्दै जाँदा एमाले नफुटाएको भए हुन्थ्यो भन्ने लाग्या छैन ?

त्यस्तो भएको छैन । हिजो हामीले एमाले पनि त्यसैगरी ससाना समूहहरूलाई जोड्दै बनाएका थियौ । गलत नीति बोक्यो भनेर पुष्पलालबाट हामीले विद्रोह गरेका थियौ । गलत उद्देश्य लिएपछि त्यहाँ बस्नुको औचित्य हुँदैन थियो । जुन उद्देश्य राखेर नेपाल कम्युनिस्ट पार्टी बनाएका थियौ, त्यसमा जान नसकेपछि विद्रोह गरेका थियौ । एकछिन ठूलो हुँदैमा सबै त्यहीँ हो भन्ने हुँदैन । पार्टी ठूलो र सानो हुने प्रक्रिया भइरहने प्रक्रिया हो ।

मेरो छोराको बिहेमा १० भाइमध्येका केहीलाई निम्ता गरेको थिएँ । बिहेमासमेत आउन सक्नु भएन । उहाँहरूले निर्वाचनका कारण आउन सकिएन भन्नु भयो । त्यस्तो ‘रेसपोन्स’ नै नगरेको भन्ने होइन । अहिले उहाँहरूसँग खासै राजनीतिक संवाद भएको छैन ।

एक जमानामा मोहनविक्रम सिंहले नेतृत्व गरेको चौम कति ठूलो पार्टी थियो  ? त्यो पार्टी यो हालतमा आयो । एक जमानामा माओवादी यो मुलुकै ठूलो पार्टी बन्यो । त्यो माओवादी अहिले खस्कियो । एमाले ५१ सालमा ठूलो थियो त्यसपछि चुनावमा खस्कियो ।

यसअघि निर्वाचनमा एमालेलाई माओवादीले सघाएकैले ठूलो पार्टी भएको हो । नभए कहाँबाट हुने हो ? यलि एमालेले माओवादीसँग गठबन्धन नगरेको भए यो मुलुकको ठूलो पार्टी हुने थिएन । अहिले गठबन्धनको विरोध गर्नेहरू उनै छन् । चुनावमा पार्टी सानो वा ठूलो हुनुको कुनै अर्थ छैन । सही नीति र विचार लिएमा राम्रो पार्टी बनाउन सकिन्छ । हामीले ससाना समूहहरूलाई समेटेरै एमाले बनाएको अनुभव छ । अहिले पनि यस्तै स–साना समूहहरूलाई नै जोडेर ठूलो पार्टी बनाउने हो ।

स्थानीय चुनावमा परिणाम एकदमै सानो वा ठूलो हुँदा यस्तो गर्छौ भन्ने योजना बनाउनु भएको छ कि छैन ?

अहिले एमाले, माओवादी र एकीकृत समाजवादीवीच एकता हुने सम्भावना देख्दिन । हामी र माओवादीबीच पनि तत्काल एकता हुँदैन । तर माओवादी र एकीकृत समाजवादीवीच सहकार्य र कार्यगत एकता हुन सक्छ । पार्टी एकता नै हुने स्थिति बनेको छैन । माओवादी र एमालेबीच एकता हुने स्थिति देख्दिनँ । हाम्रो र एमालेबीच पनि एकता हुने स्थिति छैन ।

तपाईंंहरूबाट छुट्टिएर एमालेसँग १० बुँदे सहमति गरेकाहरू पनि एमालेमा सन्तुष्ट देखिँदैनन् । उनीहरूलाई यता भित्र्याउने त्यस्तो कुनै छलफल वा भेटघाट भएको छ त ?

मेरो छोराको बिहेमा १० भाइमध्येका केहीलाई निम्ता गरेको थिएँ । बिहेमासमेत आउन सक्नु भएन । उहाँहरूले निर्वाचनका कारण आउन सकिएन भन्नु भयो । त्यस्तो ‘रेसपोन्स’ नै नगरेको भन्ने होइन । अहिले उहाँहरूसँग खासै राजनीतिक संवाद भएको छैन ।

लोकतन्त्र र संविधान रक्षाको सवालमा हामीलगायत सबै दलहरू हिँडे । त्यसलाई मान्नुपर्छ । यदि गठबन्धनका पक्षमा भएका दलहरू दरो रुपमा नउभिएको भए मुलुक यो अवस्थामा आउने थिएन । मुलुक अझ ठूलो दुर्घटनामा जान सक्थ्यो ।

स्थानीय चुनावपछि एकीकृत समाजवादी कत्रो पार्टी बन्दैछ ?

हाम्रो पार्टी संगठनका हिसावले भन्ने हो भने माओवादी भन्दा सानो छैन । सबै जिल्ला र स्थानीय तहमा फैलिएको दृष्टिकोणले भन्दा ठूलै पार्टी छ । तर, यसअघिको मतका आधारमा एकीकृत समाजवादी सानो हो भन्ने प्रचार गरियो, जुन गलत हो । मैले देखेको सम्भावना समाजवादको कार्यदिशा बोकेर जाने सशक्त पार्टी बन्ने देखेको छु । त्यो हाम्रोमा छँदैछ, माओवादीमा पनि त्यस्तै देखिन्छ । बाहिर रहेको वामपन्थी जनमत वा बुद्धिजीवी तप्काहरूको समाजवादी कार्यदिशा बोक्नेहरूका बीचमा एउटा सहकार्य हुने वातावरण देखिन्छ । त्यस्तो हुँदा हामीले अघि सारेका नीति र विचारहरूलाई धेरैले सकारात्मक रुपमा लिएको पाइन्छ । त्यसको अगुवाई गर्न सकिन्छ भन्ने लाग्छ ।

गठबन्धनबारे धेरैथरी टीकाटिप्पणी भइरहेको सुनिन्छ । यो गठबन्धन कति लामो समयसम्म जाने देखिन्छ ?

गठबन्धनका नेताले कस्तो अभिव्यक्ति दिएका छन् भन्ने सम्बन्धित नेतालाई सोध्दा स्पष्ट होला । म त्यसमा धेरै जान चाहन्न । यदि यो गठबन्धन बनाउँदाका लक्ष्य र उद्देश्यमा रहेर काम गर्ने हो भने टिकेर लामो समयसम्म जान्छ । टिक्नु पर्छ भन्ने छ । यदि त्यो उद्देश्यमा नजाने हो भने नटिक्ला । मैले देखेको अहिले नै यसअघि देखेका उद्देश्य, लक्ष्य छाडेर जाने स्थिति देख्दिन ।

लोकतन्त्र र संविधान रक्षाको सवालमा हामीलगायत सबै दलहरू हिँडे । त्यसलाई मान्नुपर्छ । यदि गठबन्धनका पक्षमा भएका दलहरू दरो रुपमा नउभिएको भए मुलुक यो अवस्थामा आउने थिएन । मुलुक अझ ठूलो दुर्घटनामा जान सक्थ्यो ।

कुन अवस्थामा मात्रै यो गठबन्धन भत्किएला भन्ने लाग्छ ?

यो गठबन्धनले संविधान विपरीत काम गर्‍या छैन । त्यसकारण संविधान निर्माणकै बाटोमा हिँड्नुपर्छ । संविधानलाई नाघेर जाने काम गर्नुहुँदैन । विकास निर्माणका सवालमा न्यूनतम कार्यक्रम पनि बनाएको हो । अहिलेको बजेट ओली सरकारकै बजेट हो । त्यसो हुँदा नयाँ नीति तथा कार्यक्रम हुने कुरा भएन । त्यसमा रहेर कति काम गर्न सकियो सकिएन, त्यो समीक्षाको विषय भयो । कोरोनाबाट थला परेको अर्थतन्त्र सुधार हुँदै गएको छ । संविधान विपरीत काम भएका छन् जस्तो लाग्दैन । यदि भएमा सच्याउनुपर्छ ।

कुनै पनि मान्छेले असभ्यताको चरम रुप प्रकट गर्छ वा सभ्यताको सीमा नाघेर बोल्छ, हिँड्छ भने त्यसका पछाडि लागेर प्रतिवाद गरेर असभ्य बन्दै जान ठिक नहोला ।

तपाईंंहरूले एमालेलाई प्रतिगामी र प्रतिगमनकारी भन्नुहुन्छ । एमालेहरूले तपाईंहरूलाई सोही आरोप लगाउँछन् । खास प्रतिगामी को हो ?

संविधानलाई बचाउने प्रतिगमन हो कि खारेज गर्नेहरू हुन् ? त्यसलाई तपाईंंहरूले बुझ्नु पर्‍यो । तपाईंंहरूले मान्छेका अनुहार हेर्नु भएन । कामलाई हेरेर मूल्याङ्कन गर्नु पर्‍यो । ओलीजीले संविधानसभा भंग गरेर जाने कामलाई अग्रगामी थियो कि पश्चगामी थियो ? त्यहाँ मूल्याङ्कन गर्नु पर्‍यो । सर्वोच्च अदालतले पुनस्र्थापना गरेको संसदलाई चल्न नदिने काम अग्रगामी हो कि पश्चगामी हो ? त्यहाँ हेर्नु पर्‍यो । कारवाही भएन भनेर संसद अवरोध गर्न पाइन्छ ? पाइँदैन ।

गठबन्धनको सरकार बनेपछि यो काम भयो है भन्ने उल्लेखनीय कुनै काम भन्न सक्नु हुन्छ ?

पहिलो कुरा त यसले संविधान बचायो । लोकतन्त्र बचायो । लोकतन्त्रलाई अगाडि बढाउने कोसिस गरिरहेको छ, यो नै मूल कुरा हो । त्यसभित्र सानातिना काम कति भएका छन् भन्ने कुरा फरक हो ।

तपाईंंकै पार्टी अध्यक्ष माधवकुमार नेपालको नाम लिन वित्तिकै एमाले अध्यक्ष केपी ओलीले नाम लिएर अशुभ भयो कुल्ला गर्नुपर्ने भयो भन्नु भयो, त्यसलाई कसरी लिनु भएको छ ?

त्यस्ता तुच्छ अभिव्यक्तिको प्रतिवाद गर्न जरुरी छ र ? कुनै पनि मान्छेले असभ्यताको चरम रुप प्रकट गर्छ वा सभ्यताको सीमा नाघेर बोल्छ, हिँड्छ भने त्यसका पछाडि लागेर प्रतिवाद गरेर असभ्य बन्दै जान ठिक नहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप