सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीलंकामा सत्तारुढ दलका सांसदले प्रदर्शनकारीमाथि गोली चलाए, पछि आत्महत्या गरे

मङ्गलबार, २७ वैशाख २०७९, ०५ : ५३
मङ्गलबार, २७ वैशाख २०७९

श्रीलंकामा सरकारका समर्थक र विपक्षीबीच भएको हिंसात्मक झडपमा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफैलाई गोली हानेका छन् । कोलम्बोको बाहिरी क्षेत्रमा घटना भएको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गोली चलाएका थिए । गोली लागेर एक जनाको मृत्यु भयो । त्यसपछि जनताको आक्रोशबाट बच्न सांसदले नजिकैको भवनमा लुक्ने प्रयास गरे । तर आक्रोशित मानिसहरूले पूरै भवनलाई घेरा हालेका थिए। मानिसले घेरेको देखेर सांसदले आफैँलाई गोली हानेका थिए, जसका कारण उनको मृत्यु भएको थियो ।

श्रीलंकामा सोमबारदेखि सरकार समर्थक र विपक्षीबीच झडप सुरु भएको छ । कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएका छन् । उनलाई कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ ।  सरकार समर्थकहरूले आन्दोलनकारीमाथि आक्रमण गरेपछि हिंसा सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप