बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मुम्बई ५२ रनले पराजित, कोलकाता नाइट राइडर्सको आशा बाँकी

मङ्गलबार, २७ वैशाख २०७९, ०५ : ४०
मङ्गलबार, २७ वैशाख २०७९

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सको खराब प्रदर्शन जारी छ । सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । वेंकटेश अय्यर र अजिंक्य रहाणेले पहिलो विकेटका लागि ५.४ ओभरमा ६० रन जोडेर धमाकेदार ब्याटिङ गरेका थिए ।

भेङ्कटेश अय्यरले २४ बलमा तीन चौका र चार छक्काको मद्दतले ४३ रन बनाए । अजिंक्य रहाणेले तीन चौकाको मद्दतले २५ रन बनाए । नितिश राणाले २६ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ४३ रन बनाए । अन्तिम ओभरमा रिंकु सिंहले १९ बलमा नटआउट २३ रन बनाए । मुम्बई इन्डियन्सको इनिङ्समा जसप्रित बुमराहले चार ओभरमा १० रन दिएर पाँच विकेट लिएका थिए ।

जवाफमा मुम्बई इन्डियन्सका ब्याट्सम्यान असफल भए । इशान किशनले ४३ बलमा सर्वाधिक ५१ रन बनाए । तर रोहित शर्मा र तिलक वर्माले दोहोरो अंक छुन सकेनन् । कोलकाताका लागि प्याट कमिन्सले ३ विकेट लिए भने आन्द्रे रसेलले २ विकेट लिए । मुम्बई इन्डियन्सका ब्याट्सम्यानहरु पूरा २० ओभरसम्म विकेटमा टिक्न सकेनन् । यो जितसँगै कोलकाताको १२ खेलमा १० अंक छ । यो जितसँगै कोलकाताको प्लेअफ पुग्ने आशा कायमै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप