बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम रुकुमको आठबिसकोटमा माओवादी र काँग्रेसका कार्यकर्ताबीच झडप

सोमबार, २६ वैशाख २०७९, २१ : ३९
सोमबार, २६ वैशाख २०७९

पश्चिम रुकुमको आठबिसकोट नगरपालिका स्थित वडा नम्बर १० मा झडप भएको छ । चुनाव प्रचारमा हिँडेका माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताको बीचमा सोमबार दिउँसो झडप भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेसको चुनाव प्रचारमा प्रयोग गरिएको गाडी तोडफोड गरेका छन् । नेपाली काँग्रेसले एउटा मोटरसाइकल माओवादी केन्द्रका कार्यकर्ताले जलाएको दावी गरेका छन् । 

आइतबार पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिकामा पनि काँग्रेस र माओवादी केन्द्रको बीचमा झडप भएको थियो । झडपपछि दुवै दलले संयुक्त विज्ञप्ती निकालेर सौहार्दपूर्ण वातावरणमा चुनावी कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप