बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ख्वप कलेजका सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा : विजुक्छें

सोमबार, २६ वैशाख २०७९, २१ : २४
सोमबार, २६ वैशाख २०७९

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले विद्यार्थीलाई दिने सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा भएको बताएका छन् । भक्तपुरको दत्तात्रयमा सोमबार बेलुकी भएको एउटा चुनावी सभामा उनले सर्टिफिकेट कलेजले दिने नभई विश्वविद्यालयले दिने बताएका थिए ।

यो बारेमा सामान्य ज्ञान पनि नहुनु देशका केही नेताहरूमा सामान्य जानकारी पनि नहुनुको उदाहरण भएको बताए । ‘एउटा ठूलो दलको केन्द्रीय सदस्य जस्तो उच्चो पदमा पुगिसकेको मान्छे, पूर्व मन्त्री, सांसदसमेत रहेका मानिसमा यस्ता सामान्य जानकारी पनि नहुनु दुर्भाग्यपूर्ण छ', उनले भने । 

केही दिन अगाडि भक्तपुर नगरपालिका वडा नम्बर १ मा भएको एउटा चुनावी सभामा नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं एमालेबाट भक्तपुर क्षेत्र नम्बर २ बाट जितेका संघीय सांसद महेश बस्नेतले ख्वप कलेजले दिएको सर्टिफिकेट नक्कली भएको सार्वजनिक भाषण गरेका थिए । उनले बोलेको उक्त भाषण सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसका विरुद्ध सामाजिक सञ्जालमै सयौं प्रतिक्रिया आउने क्रम अझै जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप