बक्सिङको ‘ड्र’स् नेपालकी सुस्मा तामाङ्गले मंगोलियाकी लान्चिव योनसँग प्रतिस्पर्धा गर्ने
७३ राष्ट्रका ३१० खेलाडीहरूको सहभागिता रहेको आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागिताका लागि आज टाईशीट ड्र भएको छ । हरेक दिन मई ९ तारिख देखि खेलाडीहरूको तौल र मेडिकल चेकअप वाव होटेलको कन्फरेन्स हलमा सञ्चालन हुनेछ ।
आइबाको नयाँ परिवर्तित नियम अनुसार अनिवार्य काउन्ट हरेक राउण्डमा ३ र एउटा बाउटमा ४ रहने जानकारी आयोजकले जनाएका छन् । मे ९, १०, १३ र १४ तारिखमा बेलुकाको ६ बजेमात्र प्रतियोगिता सञ्चालन हुनेछन् । बाउट रिभ्यु नहुने जानकारी आयोजकले बताए ।
प्रतियोगितास्थलमा कोचहरूलाई मोबाइल फोन प्रयोग गर्न नपाइने । खेल प्रतियोगिताका लागि रिंंग र प्रतियोगिताका सामग्री स्टिङ्ख कम्पनीको प्रयोग गरिने छन् । प्रतियोगितामा विजेता, उप विजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले १,००,०००, ५०,००० र २५,००० अमेरिकन डलरका दरले २ जनाले प्राप्त गर्ने छन् ।
आइबा नयाँ स्कोरिङ्ग मेसिन सञ्चालन सम्बन्धी सेमिनार मई १४ तारिखमा सञ्चालन हुने जानकारी गराइएको छ । आज भएको टाई ड अनुसार मिनिमम वैट ४६ देखि ४८ किलो तौल समुहमा नेपालका सँग १० मई को बेलुका प्रतिस्पर्धा गर्नेछिन् । उक्त तौल समुहमा जम्मा ३२ जना खेलाडी रहेका छन् ।
त्यसैगरी ५० देखि ५२ किलो तौल समुहमा २८ वटा देशका खेलाडीहरू रहेको उक्त तौल समुहमा नेपालका मिनु गुरुङ्खले जापानका आर किनोशितासँग ११ मईमा दिउसोको समयमा प्रतिस्पर्धा गर्ने छिन् । ५४ देखि ५७ किलो तौल समुहमा नेपालका चन्द्रकला थापाले बाई पाएर भारतीय खेलाडी मनीषासँग ११ मईमा प्रतिस्पर्धा गर्ने सुनिश्चितता गरेकी छन् । ५७ देखि ६० किलो तौल समुहमा ३१ राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको उक्त तौल समुहमा नेपाली खेलाडी पुनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छिन् । उनको प्रतिस्पर्धा ग्रिस र मोरक्कोबीचको विजेतासँग १५ मेमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
-
सुदूरपश्चिममा नाउपाले आफ्ना २ मन्त्रीलाई फिर्ता बोलायो
-
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा बदर हुनुपर्ने मागसहित अख्तियार पुग्यो सर्वोच्च
-
रोल्पामा जिप दुर्घटना, ११ जना गम्भीर घाइते
-
सशस्त्र प्रहरी परिवार महिला संघको २३औँ वार्षिकोत्सव सम्पन्न
-
खेलकुद मन्त्री श्रेष्ठ र कोरियाकी उपमन्त्रीबिच भेटवार्ता