पोखराका बागी उम्मेदवार कार्कीले गठबन्धनलाई सहयोग गर्ने
सोमबार, २६ वैशाख २०७९, २० : ०१
पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका विमलबहादुर कार्कीले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएका छन् । सोमबार विज्ञप्ति जारी गरी उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।
सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली काँग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन् । कार्कीले स्थानीय तह निर्वाचनमा काँग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आफूले उम्मेदवारी दर्ता गरेको तर साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार गठबन्धनका उम्मेदवारलाई सहयोग गरेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
-
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा
-
धरौटी आदेशपछि रास्वपामा उत्साह, अदालत राजनीतिक प्रभावमा नपरेको बुझाइ
-
भक्तपुर-नगरकोट सडक परियोजना सम्झौता रद्द