
राजनीतिक दलले निर्वाचनको निष्पक्षतामा ध्यान दिएनन् : पूर्वसभामुख ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताएका छन् । सोमबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)ले काठमाडौंमा आयोजना गरेको निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक सम्वाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताएका हुन् ।
उनले अहिलेको निर्वाचनबाट जनताले चाहेको प्रतिनिधि आउन गाह्रो पर्ने बताए । निर्वाचन निष्पक्ष बनाउनका लागि राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने उनले बताए । निर्वाचनलाई निष्पक्ष बनाउन राजनीतिक दल र निर्वाचन आयोगले हातेमालो गर्नुपर्ने उनले बताए । पूर्वसभामुख ढुंगानाले देश निष्पक्ष निर्वाचनको बाटोमा नगएको टिप्पणी गरे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ