राजनीतिक दलले निर्वाचनको निष्पक्षतामा ध्यान दिएनन् : पूर्वसभामुख ढुंगाना
सोमबार, २६ वैशाख २०७९, १८ : ५८
पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताएका छन् । सोमबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)ले काठमाडौंमा आयोजना गरेको निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक सम्वाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताएका हुन् ।
उनले अहिलेको निर्वाचनबाट जनताले चाहेको प्रतिनिधि आउन गाह्रो पर्ने बताए । निर्वाचन निष्पक्ष बनाउनका लागि राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने उनले बताए । निर्वाचनलाई निष्पक्ष बनाउन राजनीतिक दल र निर्वाचन आयोगले हातेमालो गर्नुपर्ने उनले बताए । पूर्वसभामुख ढुंगानाले देश निष्पक्ष निर्वाचनको बाटोमा नगएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्कटमा परेको न्यायिक स्वतन्त्रता, न्यायपालिकामा बढ्दो कार्यपालिकाको हस्तक्षेप
-
अङ्कगणितमा अल्झिएको बागमती सरकार
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण